भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बिहे भोजपछि फैलिएको कोरोनाले दुईको मृत्यु

बिहे भोजपछि फैलिएको कोरोनाले दुईको मृत्यु

तम्घास । गुल्मीको कालीगण्डकीमा बिहेभोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा सङ्क्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका–५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए। स्थानीय जीवनदार माध्यमिक विद्यालयको शिक्षकसमेत रहनुभएका ५० वर्षीय पुरुषले १७ गते छोराको विवाह गराइदिनुभयो ।

दुलही लिन स्याङ्जाको गल्याङ नगरपालिकाको कपर्दीमा वडासदस्य बमबहादुर पहराईसहित ३० जनाको समूह जन्ती बनेर गयो । सरकारले वैशाख १४ गते नै विद्यालय बन्द गरेर २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह ग¥यो । प्रशासन कार्यालयले पनि त्यसभन्दा पहिले नै पटक–पटक सूचना जारी गर्दै २५ जनाभन्दा बढी जम्मा नहुन आग्रह ग¥यो । कालीगण्डकी–५ का जनप्रतिनिधि र स्वयं परिवारले उक्त आग्रह मानेनन् ।

वैशाख १८ गते कालीगण्डकीको वडा नं ३, ४ र ५ का गरी ५०० जति सामूहिक भोजमा सहभागी भए । भोजमा कालिगण्डकीका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलाई पनि निमन्त्रणा थियो । अध्यक्ष, उपाध्यक्ष जानुभएन । वडाध्यक्ष आफू जानु भएन, परिवारलाई भोजमा पठाउनुभयो । बिहेको चार÷पाँच दिन अगाडि सामग्री किन्नका लागि दुलाहाका बुबा सुनौली गएको वडासदस्य पहराई बताउनुहुन्छ ।

वैशाख २१ गतेपछि शिक्षकलाई ज्वरो आउने, रुघा लाग्नेलगायतका समस्या देखिन थाल्यो । थप उपचारका लागि परिवार र छिमेकीले बुटबल जान भने पनि उहाँले मान्नु भएन । वैशाख २८ गते पुर्तिघाट स्वास्थ्यचौकीमा जाँच गराउन जानुभयो । एन्टिजेन्ट जाँच गराउँदा पोजेटिभ आएपछि पिसिआरका लागि स्वाब सङ्कलन गरेर तम्घास पठाइयो । यही जेठ १ गते १०ः०० बजेपछि श्वासप्रश्वासमा समस्या देखियो भने होस गुमेजस्तो भयो ।

पुर्तिघाट स्वास्थ्यचौकीमा अक्सिजन नपाएपछि मिर्मिस्थित एक निजी अस्पतालमा लगियो । सोही दिन राति अस्पतालले मृत्युको घोषणा गरिदियो भने पिसिआर रिपोर्ट पोजेटिभ भएको जानकारी आयो । केही दिनदेखि कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि स्थानीय ५६ वर्षीया महिलाको पिसिआरका लागि स्वाब लिई परीक्षणका लागि तम्घास पठाइएको थियो ।

उहाँ १८ गतेको बिहेभोजमा सहभागी हुनुहुन्थ्यो । जेठ १ गते नै साँझपख बिहे भोजमै सहभागी भएकी उहाँलाई श्वासप्रश्वासमा समस्या देखियो । थप उपचारका लागि पुर्तिघाट ल्याए पनि ज्यान गएको वडासदस्य बोमबहादुरले बताउनुभयो । ८१ प्रतिशत गाउँलेमा कोरोना कोरोना महामारीमा गरिएको बिहेभोजपछि स्थानीयवासीमा लक्षण देखिन शुरु गरेका वडासदस्य बोमबहादुर बताउनुहुन्छ ।

स्थानीयलाई रुघा तथा पखाला लाग्ने हुँदाहुँदै पनि खानेपानी आयोजनाको पाइपका लागि लाइन खन्ने काम जारी थियो । एकातर्फ ठूलो सङ्ख्यामा बिहेभोजमा उपस्थित हुनु र अर्कोतर्फ खानेपानीको लाइन खन्ने काम नै फोक्सिङमा कोरोना फैलिनुको मुख्य कारण रहेको बोमबहादुरले बताउनुभयो । स्थानीयवासीमा कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन शुरु गरेपछि यही जेठ २ गते ९४ जनाको स्वाब सङ्कलन गरियो ।

जेठ ४ गते साँझ प्राप्त रिपोर्टमा ७४ अर्थात् ८१ प्रतिशत नागरिक कोरोना सङ्क्रमित भएको गाउँपालिकाका स्वास्थ्य अधिकृत चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये ३१ पुरुष र ४३ महिला छन् । दुई वर्षको बच्चादेखि ७१ वर्षका नागरिकसम्मलाई कोरोना सङ्क्रमण भएको थापाले बताउनुभयो । गाउँलेलाई अहिले रुघाखोकी र ज्वरो आउने समस्या देखिएको छ । वडासदस्य पहराईले नागरिक बढी आत्तिए पनि गाउँपालिकाबाट समस्या समाधानका लागि कुनै पहल नभएको गुनासो गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.