अहिलेसम्म कांग्रेसको १९४, एमालेको १२० र माओवादीको ८३ ठाउँमा विजयी

अहिलेसम्म कांग्रेसको १९४, एमालेको १२० र माओवादीको ८३ ठाउँमा विजयी

काठमाण्डौ । अहिलेसम्म ४२३ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १०२ वटा नगरपालिका र ३२१ वटा गाउँपालिका गरी ४२३ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । निर्वाचन आयोगले दिएको परिणाम अनुसार

नेपाली कांग्रेस
मत परिणाम अनुसार पहिलो स्थानमा नेपाली कांग्रेस रहेको छ । अहिलेसम्म १९४ वटा पालिकामा जितेको छ । ५५ वटा नगरपालिका र १३९ वटा गाउँपालिका गरी कांग्रेसले १९४ वटा पालिकाको प्रमुख पदमा जित हासिल गरेको हो ।

यस्तै ४७ वटा नगरपालिकाको उपमेयर र १३९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १८६ ठाउँमा उपमेयर तथा उपाध्यक्ष जितेको छ । नेपाली कांग्रेसले १ हजार ९३९ वटा वडामा अध्यक्ष जितेको छ ।

नेकपा एमाले
नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले अहिलेसम्म २९ वटा नगरपालिका र ९१ वटा गाउँपालिका गरी १२० वटा पालिकाको प्रमुखमा जितेको छ ।

एमालेले ३३ वटा नगरपालिकाको उपमेयर र ८९ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १२२ वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । एमालेले १ हजार ५०९ वटा वडामा अध्यक्षमा जित हासिल गरेको छ ।

नेकपा (माओवादी केन्द्र)
माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादी केन्द्रले अहिलेसम्म ९ वटा नगरपालिका र ७४ वटा गाउँपालिका गरी ८३ वटा पालिकाको प्रमुख पद जितेको छ ।

१५ वटा नगरपालिकाको उपमेयर र ७६ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ९१ ठाउँमा उपमेयर तथा उपाध्यक्ष जितेको छ । माओवादीले ८२१ वटा वडामा अध्यक्ष पदमा जितेको छ ।

नेकपा (एकीकृत समाजवादी)
नेकपा एकीकृत समाजवादीले १ नगरपालिका मेयर र ५ वटा गाउँपालिकामा अध्यक्ष जितेको छ । ४ वटा नगरपालिकाको उपमेयर र ९ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

स्वतन्त्र
स्वतन्त्र तथा अरु दलबाट गरी अहिलेसम्म १५ जना पालिकाको मेयर तथा अध्यक्षमा विजयी भएका छन् । जसमध्ये जनता समाजवादी पार्टीले ५ वटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ ।

राष्ट्रिय जनमोर्चाले ३ वटा गाउँपालिकामा अध्यक्ष जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ वटा पालिकामा जितेको छ ।

नेपाल मजदुर किसान पार्टी
नेपाल मजदुर किसान पार्टीले १ नगरपालिकामा मेयर जितेको छ ।

अन्य ४ वटा स्वतन्त्र रहेका छन् । स्वतन्त्र तथा अन्य गरी २ वटा नगरमा उपमेयर तथा ९ वटा गाउँपालिकामा उपाध्यक्ष गरी ११ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेका छन् ।

 


Thali Mobile Pvt.Ltd.