भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

बडिमालिका नगरमा एमाले विजयी

बडिमालिका नगरमा एमाले विजयी

बाजुरा । बडिमालिका नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा अम्मर बहादुर खडका विजयी भएका छन् भने उपप्रमुखमा नन्दा कुमारी थापा विजयी भएकी छन् ।

विजयी खड्काले ४ हजार ९ मत ल्याएका छन् । उपप्रमुखमा नन्दा कुमारी थापाले ४ हजार २ सय ३३ मत ल्याएकी छन् । प्रतिस्पर्धि राधिका कुमारी सिंहले ३ हजार ३ सय ५१ मत ल्याएर पराजय भएकि छन् ।

७ वटा वडामा एमाले र २ वटा वडा नेपाली काँग्रेसले जितेको छ । वडा नम्बर १ मा नेपाली काँग्रेसका कृष्ण बहादुर कार्की, २ मा एमालेका डम्बर बहादुर महत, ३ मा एमालेका डबल बहादुर रोकाया र ४ मा काँग्रेसबाट अर्जुन नाथले जितेका छन् ।

वडा नम्बर ५ मा एमालेका धरमपाल मिजार, ६ मा कृष्ण बहादुर खड्का, ७ मा धर्मराज पाध्याय, ८ चन्द्र बहादुर थापा र ९ मा सुर्यकिरण विक विजय भएका छन् । २०७४ सालमा नगरप्रमुख र उपप्रमुख दुबै नेपाली काँग्रेसले जितेको थियो ।

 


Thali Mobile Pvt.Ltd.