भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संघीय संसद्को अधिवेशन अन्त्य

संघीय संसद्को अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसदको चालु अधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीले अन्त्य गरेकी छन् । संसद् सचिवालयले सूचना टाँस गरी राष्ट्रपतिको कार्यालयबाट चालु अधिवेशन अन्त्य भएको सूचना प्राप्त भएको जनाएको हो ।

मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरिएको थियो । संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था रहेको छ ।

संसदको यो अधिवेशनमा प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेको थियो ।अधिवेशनमा प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

तर छलफल नहुँदै अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.