भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

आठबीस नगरप्रमुख र उप प्रमुखको स्पष्टिकरण माग

आठबीस नगरप्रमुख र उप प्रमुखको स्पष्टिकरण माग

११ साउन २०७७ सुर्खेत । आठबीस नगरपालिकामा बन्ने भनेकाे ट्रमा सेन्टर अन्यत्र सार्न लागिएकाे भनेर समाचार बाहिरिएपछि नगर प्रमुख र उप प्रमुखले स्पष्टिकरण दिनु पर्ने माग राकमबासीले गरेका छन् ।

राकममा बस्नु पर्ने बैठक सुर्खेत पुगेर सभामुखकाे कक्षामा बसेकाे र अन्यत्र सार्ने भन्ने कुराकाे जवाफ माग उनीहरूले गरेका हुन् ।mag

दैलेखको आठबीस ४ मा बन्ने १०० सैयाको ट्रमा सेन्टर सार्न मेयरदेखि सभामुखको चलखेल
सरकारले कर्णाली प्रदेशका दुई स्थानमा ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरेको छ । संघीयको सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्खेत–जुम्ला (कर्णाली राजमार्ग) को राकम र छिन्चु–जाजरकोट–डोल्पा सडक खण्ड सिम्ता राकमको जामुने बजारमा ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो ।

कर्णाली प्रदेशमा पर्ने दुई ठुला राजमार्गमा यात्रा गर्ने सवारी साधानहरु दुर्घटना भएमा तत्काल उद्दार गरी स्वास्थ्य उपचार गर्ने उद्देश्यले विशेषज्ञ डाक्टरसहितको ट्रमा सेन्टर स्थापनाको तयारी गरिएको हो । नितिगत निर्णय भएपछि पूर्वाधारको लागि सम्बन्धित स्थानमा पर्ने स्थानीय तहहरुले आवश्यक पूर्वाधार निर्माणको सम्भाव्यता, जग्गा, भौतिक पूर्वाधारको अवस्थाका बारेमा तयारी गरिसकेका छन् ।

कर्णाली राजमार्गको राकममा पर्ने आठविस नगरपालिका र छिन्चु–डोल्पा राजमार्गको राकम जामुने बजारमा पर्ने सिम्ता गाउँपालिकाले आवश्यक तयारी गरेका हुन् । कर्णाली राजमार्गमा पर्ने आठविस न.पा.–४ को राकम कर्णालीमा स्थापना गर्ने तयारी गरिएको ट्रमा सेन्टर अन्यत्र सार्न चलखेल सुरु भएको छ । राकम स्वास्थ्य चौकीलाई स्तरबृद्धि गर्ने योजना हो । कर्णाली प्रदेश सरकारका सभामुख राज बहादुर शाही, आठविस नगरपालिकाका मेयर खड्गराज उपाध्याय, सांसद हिम बहादुर शाहीसहितले ट्रमा सेन्टर सार्न चलखेल गरेका हुन ।

आठबिस न.पा.–४ को राकम कर्णालीमा कर्णाली राजमार्गमा सम्भावित सवारी दुर्घटनाका घाइतेहरुको तत्काल राहत र उपचारका लागी स्थापना गर्ने भनिएको अत्याधुनिक सुविधायुक्त ट्रमा सेन्टरमा पनि अस्वभाविक चलखेल सुरु भएको छ । राजमार्गदेखि टाढा सार्न खोजिएपछि स्थानीयहरुले विरोध जनाएका छन् । राजमार्गमा हुने दुर्घटनाहरुलाई ध्यान दिएर खोल्न थालिएको ट्रमा सेन्टर धेरै टाढा पुरयाउँदा सेवा प्रवाह प्रभावकारीता नहुने भन्दै सरोकारवाला तथा स्थानीयले विरोध जनाएका छन् ।

सभामुख शाहीको आग्रहमा, सभामुखकै कार्यकक्षमा नगर प्रमुख (मेयर) खड्गराज उपाध्यायको अध्यक्षतामा सरोकारवालाको बैठक बसेको छ । सभामुख शाहीको रोहवरमा भएको छलफलमा प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, नगरपालिकाका उपप्रमुख दिपा बोहरा, प्रदेश सांसद हिम बहादुर शाहीसहित सरोकारवालाको उपस्थिति रहेको थियो ।

वडा नं. ८ को तिलेपाटा सार्ने विषयमा छलफल

बैठकमा ट्रमा सेन्टर आठविस नगरपालिका वडा नं. ८ को तिलेपाटा डाँडामा सार्ने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । मुख्य राजमार्गदेखि करिव १५ किलोमिटर भित्र नयाँ स्थान तिलेपाटामा ट्रमा सेन्टर सार्न छलफल गरिएको हो । राजमार्गसंगै जोडिएको राकम कर्णालीमा ट्रमा सेन्टरका लागि आवश्यक जग्गा र भौतिक पूर्वाधार भएपनि राजनीतिक नेतृत्वको चलखेलले अन्यत्र सार्न छलफल चलाइएको स्रोतले जानकारी दिएको छ । yugnews

 

 


Thali Mobile Pvt.Ltd.