भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने

प्रधानन्यायाधीशको फैसला पुनरावलोकन हुने

११ साउन २०७७ काठमाडौं । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको इजलासको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।

आइतबार न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अघि बढाउन अनुमति दिने आदेश सुनाएको हो । २०६८ सालमा पत्नी गीताको टुक्रा टुक्रा पारेर हत्या गरेका कोइरालालाई जिल्ला अदालत र तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

तर प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सर्वोच्चको फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन् । सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले कोइराला छुटेकै दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो । यता महिलाहरूले रञ्जन विरूद्व ठाउँ ठाउँमा आवाज उठाइरहेका छन् । साथै चौतर्फि विरोधका स्वोर घन्किन थालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.