भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

आठबीस नगरसरकारलाई गम्भिर बन्न दलहरुको सूझाव

आठबीस नगरसरकारलाई गम्भिर बन्न दलहरुको सूझाव

२६ जेठ २०७७ राकम कर्णाली दैलेख । आठबीस नगरसरकारलाई गम्भिर बन्न र कोरोना उपचारमा लापरवाही नगर्न राजनैतिक दलले बैठक बसेर निर्णय कार्यान्वयन गर्न सूझाव दिएका छन् । नेकपा, नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टी नगर कमिटिको सर्वदलिय बैठक बसि उक्त निर्णय नगरसरकारलाई बुझाएका हुन ।

नेका नगर सभापति अर्जुन बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा नेमकिपाका नगर अध्यक्ष कल बहादुर सिजापति र नेकपाका सिंबहादुर शाहीको पनि उपस्थिति रहेको थियो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस अहिले नेपालमा उग्ररुप लिदै गैरहेको भन्दै सरोकारवालाले स्थानीय, प्रदेश र संघ सरकारलाई झकझकाउन लागेका छन् ।

कर्णाली प्रदेशको दैलेख जिल्ला पछिल्लो समय कोरोना संक्रमितको सेन्टर बन्दै गैरहेको पनि उनीहरुले बताएका छन् । सर्व दलिय बैठकले समसामयिक बिषयमा छलफल गरी नगर सरकारलाई निर्णयको प्रतिलिपि बुझाएको हो ।

निर्णयको पूर्ण पाठ…nirnay

 


Thali Mobile Pvt.Ltd.