भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

आन्तरिक राजस्व कार्यालयका कर्मचारी घुससहित पक्राउ

आन्तरिक राजस्व कार्यालयका कर्मचारी घुससहित पक्राउ

काठमाडौं । बालाजुस्थित आन्तरिक राजस्व कार्यालयका कम्प्युटर अपरेटर राजन शर्मा घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग ४३ हजार रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

शर्मालाई बालाजुस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट मंगलबार नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका सञ्चालक सन्तोष थापा मगरलाई समेत नियन्त्रणमा लिएको छ ।

कर तिर्न सहजिकरण गरिदिए वापत उक्त रकम लिने दिने क्रममा दुवै जनालाई नियन्त्रणमा लिएको आयोगका सहप्रवक्ता गणेशबहादुर अधिकारीले बताए । अहिले थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.