भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

आफूलाई गृहमन्त्रीमा पुन : र्बहाली गर्न प्रधानमन्त्रीसँग लामिछानेको प्रस्ताव

आफूलाई गृहमन्त्रीमा पुन : र्बहाली गर्न प्रधानमन्त्रीसँग लामिछानेको प्रस्ताव

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई फेरि सरकारको पुरानै जिम्मेवारीमा फर्काउनुपर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको आदेशअनुसार नयाँ नागरिकता प्राप्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछानेलाई उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारीमा पुनः फर्काउने आइतबार निर्णय गरेको हो । लामिछानेले नयाँ नागरिकता लिएसँगै राहदानी विभाग पुगेर पुरानो नागरिकताका आधारमा लिएको राहदानी समेत फिर्ता गरेका छन् ।

उनलाई तत्कालै सरकारको पुरानै जिम्मेवारीमा फर्काउने वा नफर्काउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल समेत भएको छ । अदालतको आदेशपछि नयाँ नागरिकता लिएका लामिछाने गैरसांसदको रुपमा ६ महिना मन्त्री बनेर फेरि चितवन क्षेत्र नम्बर २ बाट उपचुनाव जितेर आउने योजनामा रहेका छन् ।

शुक्रवार सर्वोच्च अदालतले पुरानो नागरिकतालाई मान्यता नदिएपछि लामिछानेले आइतबार काठमाण्डौ जिल्ला प्रशासनबाट नागरिकता लिइसकेका छन् । नयाँ नागरिकता लिएर पार्टी सभापतिको जिम्मेवारीमा फर्केलगत्तै बालुवाटार पुगेका लामिछानेले आफूलाई पुन : र्बहाली गर्न प्रधानमन्त्रीसँग प्रस्ताव गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.