भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

पोखरामा कलाकार लक्ष्मी डिम्डुङ तामाङको धमाकेदार प्रस्तुुती

पोखरामा कलाकार लक्ष्मी डिम्डुङ तामाङको धमाकेदार प्रस्तुुती

पोखरा । तामाङ बौद्ध सेवा समिति संगमटोल पोखराले आयोजना गरेको सोनाम ल्होछार कार्यक्रममा कलाकार लक्ष्मी डिम्डङ तामाङले धमाकेदार प्रस्तुती दिएकी छन् ।

पोखरा १३ माछापोखरीमा आयोजना गरिएको तामाङहरुको मौलिक साँस्कृति पर्व मञ्जुश्री सम्वत् २८५९ ह्योयी ल्हो (बिरालो वर्ग) को सुखद अवसरमा उनको प्रस्तुतीले पोखराबासी झूमे ।

शुभकामना आदान प्रदान, सम्मान, सामुहिक भोज एवम् विविध साँस्कृतिक कार्यक्रम गरी भव्यताका साथ कार्यक्रम मनाईएको हो ।

कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य मन बहादुर गुरुङले कुङामा दीप प्रज्वलन र बेलुन आकाशमा उडाएर समुद्घाटन गरे ।

कार्यक्रममा विशेष अतिथि, अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङका पूर्व केन्द्रिय अध्यक्ष धन प्रसाद डुम्जन तामाङलाई ताम्रापत्रद्वारा सम्मान गरिएको थियो ।

तामाङ कलाकार म्हेन्दोमाया गायिका लक्ष्मी डिम्डुङ तामाङले कार्यक्रमलाई थप आर्कषक र रमाइलो गरी म्हेन्दोमाया गीत र सेलो गीतबाट दर्शकहरुलाई नचाएकी थिइन् ।

तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.