भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

आयआर्जनका लागि वनमा फलफूलका बिरुवा रोपण

आयआर्जनका लागि वनमा फलफूलका बिरुवा रोपण

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीस्थित न्यौपाने गाउँका होमनाथ न्यौपानेले सोमबार थुम्कीडाँडा सामुदायिक वनमा एभोकाँडोको बिरुवा रोपे । गाउँमा नै फलफूल नर्सरी राखरेर वार्षिक ३०–३५ हजार आम्दानी गर्दै आउनुभएका उहाँले सामुदायिक वनमा पनि फलफूल रोप्न पाएकोमा खुशी व्यक्त गरे ।

उहाँले मात्रै होइन, सो सामुदायिक वनका अन्य उपभोक्ताले पनि कागती, तेजपात र एभोकाँडोका बिरुवा रोपेका छन् । आम्दानीको स्रोत फलफूल भएकोले बिरुवा रोपण उपलब्धिमूलक हुने उहाँको आशा रहेको छ । ‘सामुदायिक वन राष्ट्रिय  दिवस २०७८’ को अवसरमा डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकको सहयोग तथा सामुदायिक वन उपभोक्ता महासङ्घ काभ्रेपलाञ्चोकको समन्वयमा थुम्कीडाँडा सामुदायिक वनमा कागती, तेजपात र एभोकाँडोको बिरुवा रोपिएपछि उहाँ पनि सो बिरुवा रोपणमा सहभागी हुनुभएको हो ।

सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य शान्ता न्यौपानेले जल, जमिन र जङ्गलबिना मानव समुदाय बाँच्न नसक्ने भएकाले तीनै वटा चिजको संरक्षण एवं व्यवस्थापनमा सबै समुदायको उत्तिकै जिम्मेवारी भएको बताए । सामुदायिक वनमा लगाएको फलफूलको बिरुवा जोगाउने जिम्मेवारी सबैको भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख देवीचन्द्र पोखरेलले सामुदायिक वन व्यवस्थित ढङ्गले सञ्चालन हुँदै आएको ४० वर्ष वितिसकेकोले समय र परिस्थितिअनुसार समावेशी, समानुपातिक र पछाडि पारिएका समुदायलाई पनि समावेश गर्नुपर्ने साथै सुशासनलगायतका विषयलाई समेटेर काम गर्दै आएको बताए ।

वन संरक्षण गर्ने मात्रै नभइ त्यसबाट आम्दानी लिनका लागि फलफूलको बिरुवा रोप्न आवश्यक रहेको बताउँदै सबै सामुदायिक वन उपभोक्ता समिति सक्रिय भएर लाग्न आग्रह गरे । सो क्रममा पनौती नगरपालिका–११ का वडाध्यक्ष तारामान लामाले बिरुवा रोपण गरेर राम्रो आम्दानी गर्न सकेको खण्डमा थुम्कीडाँडा सामुदायिक वन सबैको लागि पर्यटनको केन्द्र बन्नसक्ने सम्भावना रहेकोले त्यसको आवश्यक पूर्वाधार तयार पार्दै अगाडि बढ्न आवश्यक रहेको बाताए ।

नगरपालिकाले पनि थुम्कीडाँडामा वनभोज गर्ने स्थल निर्माणको लागि आवश्यक पूर्वाधार निर्माण गर्ने विषयमा छलफल भइरहेको लामाको भनाइ छ । ‘सामुदायिक वनको सम्पत्ति, समृद्धि, प्रकृति र संस्कृति’ भन्ने नाराका साथ पहिलो पटक कागतीको बोट २००, तेजपात १०० र एभोकाँडो २० वटा बोट रोपिएको डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकका सहायक वन अधिकृत गौरव भट्टले बताउनुभयो । आवश्यकताको आधारमा थप फलफूलको बिरुवा उपलब्ध गराउने बताए ।

 


Thali Mobile Pvt.Ltd.