भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

लोपोन्मुख प्रजातिका माछा बढ्दै

लोपोन्मुख प्रजातिका माछा बढ्दै

गोदावरी । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछाको सङ्ख्या बढ्दै गएको छ । ठूलीगाड नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्ध लगाइएको तिनको सङ्ख्या बढ्दै हो । जलाधार क्षेत्रमा जलीय जैविक विविधता संरक्षण गर्न तीन वर्षअघिदेखि कैलालीका दुई र डोटीका दुई स्थानीय तहले सो नदीमा जथाभावीरूपमा माछा मार्न बन्द गराएका थिए ।

कैलालीका चुरे र मोहन्याल तथा डोटीका जोरायल र बडीकेदार गाउँपालिकाले जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याई जलीय जैविक विविधता संरक्षण गर्दै आएकाले विभिन्न माछाका प्रजाति बढ्दै गएको चुरे गाउँपालिका–३ का वडाध्यक्ष टेकबहादुर शाहले बताए । तीन वर्षअघिसम्म ती पालिका भएर बग्ने नदी तथा खोलामा बम विष्फोटनका साथै विषादी र करेन्ट प्रयोग गरी माछा मार्ने गरिन्थ्यो तर अहिले त्यस्ता कार्यमा प्रतिबन्ध लगाइएकाले अहिले त्यहाँ माछाको सङ्या वृद्धि भएको पाइएको उहाँको भनाइ थियो ।

जलाधार क्षेत्रमा माछाका २७ प्रजाति र १६ जल वनस्पति रहेकामा तीमध्ये सहर, जेब्रा , बुचे असला, असला सोल, चुच्चे असला र राजाबाम रेथाने प्रजाति भएको चुुरे गाउँपालिका–१ का वडाध्यक्ष हुकुम बोहराले जानकारी दिए ।“हामीले छुट्टै कानून बनाएर स्थानीय नदी तथा खोलामा गैरकानूनीरूपमा माछा मार्न बन्द गराएका छौँ, कानूनविपरीत काम गर्ने जोकोहीलाई कारबाही हुन्छ”, उनले बताए ।

ती पालिकाले जलचर संरक्षणसम्बन्धी समूह गठन गरी ठूलीगाड जलाधार क्षेत्र संरक्षण गर्न जिम्मा दिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।डोटी र कैलाली जिल्लालाई छुट्याउने उक्त जलाधारको जलनिकास घनत्व ९३५ मिटर क्युबिक किमी र जलाधारको क्षेत्रफल ८५० क्युबिक किमी छ ।

 


Thali Mobile Pvt.Ltd.