भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आयुर्वेद सेवालाई स्थानीयस्तरमा पुयाउन जोड

आयुर्वेद सेवालाई स्थानीयस्तरमा पुयाउन जोड

बनेपा । स्थानीय तहका प्रमुखहरूले आयुर्वेद स्वाथ्य सेवालाई स्थानीयस्तरमा पुयाउनुपर्नेमा जोड दिएका छन् । जिल्ला आयुर्वेद सेवा केन्द्र बनेपा, काभ्रेपलाञ्चोकले धुलिखेलमा आयोजना गरिएको ‘स्थानीय जनप्रतिनिधिहरूको सहभागितामा आयुर्वेदसम्बन्धी समन्वय र वार्षिक समीक्षा’मा स्थानीय तहका प्रमुखहरूले आयुर्वेद सेवाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका हुन् । सो क्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपाका प्रमुख चिकित्सक मनोजकुमार चौधरीले यसै आर्थिक वर्षमा जिल्ला आयुर्वेद सेवा केन्द्रसहित चार आयुर्वेद औषधालय र तीनवटा नागरिक आरोग्य सेवा केन्द्रबाट गरी २३ हजार १७७ जनालाई सेवा प्रदान गरेको बताउनुभयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्रसहित आयुर्वेद औषधालय र तीनवटा नागरिक आरोग्य सेवा केन्द्रबाट बहिरङ्ग सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, पूर्वकर्म, स्तनपायी आमा, योग सेवा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, कोभिड तथा पोष्ट कोभिड बिरामीलाई आयुर्वेद औषधि तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्दै आएको कार्यालयका प्रमुख चिकित्सक मनोजकुमार चौधरीले बताउनुभयो । त्यसैगरी खरिबोट नागरिक आरोग्य सेवा केन्द्र पनौतीबाट विभिन्न सेवा गरी दुई हजार १८१, मण्डनदेउपुरबाट ५५१, भुम्लुबाट एक हजार ३११ जनाले सेवा पाएको जनाएको छ ।

त्यस्तै दाप्चा आयुर्वेद औषधालयबाट तीन हजार ९०७, बालुवा आयुर्वेद औषधालयबाट दुई हजार १२१, धुलिखेल आयुर्वेद औषधालयबाट दुई हजार ७७७ र मङ्गलटार आयुर्वेद औषधालयबाट छ हजार १३ जनाले सेवा लिएको जनाएको छ । केन्द्रका प्रमुख चौधरीका अनुसार कोरोना सङ्क्रमणको लहर फैलिएसँगै आयुर्वेदिक औषधि र उपचार विधि धेरै प्रभावकारी भएपछि सेवाप्रति चासो बढी भएको पाएको बताउनुभयो । मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबाले नगरपालिकाका स्वास्थ्य शाखाहरूमा आयुर्वेदिक सेवालाई सँगसँगै लानका लागि पहल गर्ने बताउनुभयो ।

स्वास्थ्य, शिक्षाजस्ता सेवाहरू स्थानीय तहलाई हस्तान्तण गरेको अवस्थामा आयुर्वेद सेवा केन्द्रलाई पनि व्यवस्थापना गर्न पहल गर्ने उहाँको भनाइ छ । जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले आयुर्वेद सेवालाई सेवाग्राहीमाझ चिनाउन जरुरी रहेको बताउनुभयो । अब स्थानीय तहले योजना बनाउँदाखेरी आयुर्वेदिक सेवा केन्द्रलाई पनि बजेटको व्यवस्था गरेर सेवा विस्तार गर्ने विषयमा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो । जिल्ला आयुर्वेद सेवा केन्द्र बनेपा काभ्रेपलाञ्चोकको व्यवस्थापन समितिका अध्यक्ष प्रकाशबहादुर कायस्थले जिल्लामा रहेको आयुर्वेद सेवा केन्द्र, आयुर्वेद औषधालय र नागरिक आरोग्य सेवा केन्द्रको सेवा विस्तार गर्दै त्यसलाई अस्पतालका रूपमा विकास गर्नका लागि पालिकाहरूले महत्व दिन आग्रह गर्नुभयो ।

जिल्लामा जिल्ला आयुर्वेद सेवा केन्द्रसहित धुलिखेल नगरपालिकाअन्तर्गत धुलिखेल आयुर्वेद औषधालय, नमोबुद्ध नगरपालिकाअन्तर्गत दाप्चा आयर्वेद औषधालय, पाँचखाल नगरपालिकाअन्तर्गत बालुवा आयुर्वेद औषधालय र रोशी गाउँपालिकाअन्तर्गत मङ्गलटार आयुर्वेद औषधालय रहेको छ भने नागरिक आरोग्य सेवा केन्द्रहरूमा पनौती नगरपालिकाको खरिबोट, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा स्थापना गरी सेवा दिँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.