भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

कांग्रेसको पदाधिकारी बैठक स्थगित, शुक्रबार २ बसे बैठक बस्नेगरी देउवा आन्तरिक छलफलमा

कांग्रेसको पदाधिकारी बैठक स्थगित, शुक्रबार २ बसे बैठक बस्नेगरी देउवा आन्तरिक छलफलमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्ततापछि नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे डाकिएको बैठक शुक्रबार २ बसे बस्ने गरि स्थगित भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठक स्थगित भएपछि देउवा मन्त्रिपरिषद् विस्तार र आफ्नो सरकारलाई विश्वासको मत प्राप्त गर्ने वातावरण बनाउन आन्तरिक एवं बहुपक्षीय छलफलमा व्यस्त छन् । सर्वोच्च अदालतको परमादेशपछि असार २९ गते प्रधानमन्त्री बनेका देउवाले कांग्रेस र माओवादीबाट दुईदुई जना सहभागी गराएर सानो आकारको मन्त्रिपरिषद बनाएका छन् ।

सरकारलाई विश्वासको मत दिलाउन संयुक्त सरकार बनाउने कोशिस गरेका देउवाले शुरूमा विपक्षी गठबन्धनमा रहेकाहरुलाई सरकारमा सहभागी गराउने बताएका छन् । बुधबार एमाले वरिष्ठ नेता नेपाललाई सरकारमा सहभागी हुँदै विश्वासको मतका लागि सहयोग गर्न आग्रह गरे ।

उनले जसपाको ठाकुर–महतो पक्षसँग छलफल गर्ने तयारी गरेको स्रोतको दावी छ । संयुक्त सरकार बन्ने अवस्था नआएमा देउवाले चुनावी सरकारको नेतृत्व गर्ने गरी मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको देउवा सचिवालयले जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.