भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आरसी मेमोरियल अस्पतालमा आइसियू शय्या जडान

आरसी मेमोरियल अस्पतालमा आइसियू शय्या जडान

बाकेँ । बर्दिया जिल्लाको बारबर्दियामा स्थापना भएको आरसी थारू मेमोरियल नगर अस्पतालमा कार्डियाक मोनिटरसहितको स्वचालित आइसियू शय्या जडान भई सञ्चालनमा ल्याइएको छ । जिल्ला अस्पतालमा ल्याइराखिएका आइसियू शय्यालाई बारबर्दियाको नगर अस्पतालमा ल्याई जडान गरिएको हो ।

जिल्ला अस्पतालमा भने लुम्बिनी प्रदेशको सहयोगमा करीब एकहप्ता अघि ल्याइएको ती आइसियू शय्या जडान गर्न सकिएको छैन । जिल्ला अस्पतालबाट ल्याएर नगर अस्पतालले जडान गरिसकेको स्वास्थ्य शाखाका संयोजक डिल्लीराज शर्माले जानकारी गराउनुभयो । हाल नगर अस्पतालमा उपचाररत १० बिरामीमध्ये दुई जनालाई आकस्मिक कक्षमा भर्ना गरिएको बारबर्दिया कोभिड स्रोत व्यक्ति गोविन्द पौडेलले जानकारी दिनुभयो ।

 

 


Thali Mobile Pvt.Ltd.