भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

आरसी मेमोरियल अस्पतालमा आइसियू शय्या जडान

आरसी मेमोरियल अस्पतालमा आइसियू शय्या जडान

बाकेँ । बर्दिया जिल्लाको बारबर्दियामा स्थापना भएको आरसी थारू मेमोरियल नगर अस्पतालमा कार्डियाक मोनिटरसहितको स्वचालित आइसियू शय्या जडान भई सञ्चालनमा ल्याइएको छ । जिल्ला अस्पतालमा ल्याइराखिएका आइसियू शय्यालाई बारबर्दियाको नगर अस्पतालमा ल्याई जडान गरिएको हो ।

जिल्ला अस्पतालमा भने लुम्बिनी प्रदेशको सहयोगमा करीब एकहप्ता अघि ल्याइएको ती आइसियू शय्या जडान गर्न सकिएको छैन । जिल्ला अस्पतालबाट ल्याएर नगर अस्पतालले जडान गरिसकेको स्वास्थ्य शाखाका संयोजक डिल्लीराज शर्माले जानकारी गराउनुभयो । हाल नगर अस्पतालमा उपचाररत १० बिरामीमध्ये दुई जनालाई आकस्मिक कक्षमा भर्ना गरिएको बारबर्दिया कोभिड स्रोत व्यक्ति गोविन्द पौडेलले जानकारी दिनुभयो ।

 

 


Thali Mobile Pvt.Ltd.