भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

श्रम स्वीकृति स्थगित, भारतसँग जोडिएका सीमानाका सिमित गरिए

श्रम स्वीकृति स्थगित, भारतसँग जोडिएका सीमानाका सिमित गरिए

काठमाडौं । विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारी घोषणा पछि वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति नेपाल सरकारले स्थगित भएको छ ।

अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने निर्णय सरकारले गरेको हो । बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले कामदारहरु नपठाउने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले भारतसँग जोडिएका सीमानाकाहरु पनि सीमित गर्ने निर्णय गरेको छ ।श्रम गन्तव्य मुलुकहरु कोरोना भाइरसबाट आक्रान्त भएपछि श्रम स्वीकृति रोक्ने निर्णय नेपाल सरकारले गरेको हो ।

विदेशमा रहेका नेपालीहरुलाई यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन यस्तो आग्रह गरेको छ । विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा १४ मार्च २०२० देखि ३० अप्रिल २०२० सम्मका लागि पनि स्थगित गरिएको छ ।

भिसा लिइसकेका विदेशी नागरिकहरुले सात दिनभित्रको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनु पर्ने छ भने नेपाल प्रवेश गर्ने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था मिलाईएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.