भर्खरै : Sorry, your browser does not support inline SVG.
राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात |

इजरायलसंग सम्झौता, यात्रा गर्दा तीन महिनासम्म प्रवेशाज्ञा लिन नपर्ने

इजरायलसंग सम्झौता, यात्रा गर्दा तीन महिनासम्म प्रवेशाज्ञा लिन नपर्ने

काठमाडौं । नेपाल सरकार र इजरायल सरकारबीच कूटनीतिक राहदानी सौम्झौता भएको छ । बाहकलाई एक–अर्को देशको यात्रा गर्दा तीन महिना (९० दिन) सम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको हो ।

जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा.अन्जान शाक्य र इजरायल सरकारका तर्फबाट परराष्ट्रमन्त्रीले सम्झौतामा हस्ताक्षर गरेका हुन ।

राजदूत शाक्यले नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्ट मार्फत इजरायल आएका विद्यार्थीमध्ये केही उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधी ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ कन्सलट्यान्टको रुपमा विकास गर्न सकिने सुझाव दिएको दूतावासले जानकारी दिएको छ । सम्झौता अनुसार केयर गिभिङ क्षेत्रमा नेपालीलाई ल्याउने तथा रोजगारीका अन्य क्षेत्रमा पनि ढोका खोल्ने दूतावासले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.