भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

इन्स्टाग्राम प्रयोगकर्ताको संसारभरीकाे सूचीमा अनुष्का शर्मा ‘टप २५’ मा

इन्स्टाग्राम प्रयोगकर्ताको संसारभरीकाे सूचीमा अनुष्का शर्मा ‘टप २५’ मा

मुम्बई । इन्स्टाग्राम प्रयोगकर्ताको सूचीमा बलिउड अभिनेत्री अनुष्का शर्मा ‘टप २५’ परेकी छन् । हाइप अडिटरले सार्वजनिक गरेको सूची हो । हाइप अडिट तथ्यांक संकलन र त्यसको विश्लेषण गर्ने प्लेटफर्म हाइप अडिटले विश्वका सबैभन्दा बढी प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्तामा एक हजार जना प्रयोगकर्ताको सूची सार्वजनिक गरेको हो ।

प्रयोगकर्ताको फलोअर्स, तिनले राखेको पोस्टको प्रभावकारिता र फलोअर्सको संलग्नताको आधारमा टप २५ को सूचीमा पहिलो स्थानमा फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो छन् । रोनाल्डको प्रत्येक पोस्टमा ४५ लाखभन्दा बढी अन्य इन्स्टाग्राम प्रयोगकर्ताको संलग्नता पाइयो । उनी पछि क्रमशः गायिका कायली जेनर र केन्डल जेनर सूचीमा परेका छन् ।

त्यस्तै, चौथो स्थानमा फुटबलर लियोनेल मेस्सी तथा पाँचौं स्थानमा गायिका सेलेना गोमेज छिन् । १०औं स्थानमा अमेरिकी गायिका बियोन्से परेकी छन् भने अर्की गायिका टेलर स्विफ्ट भने १३औं स्थानमा छिन् । उता भारतीय टिमका कप्तान विराट कोहोली सूचीको ११औं स्थानमा परेका छन्।

अभिनेत्री अनुष्का शर्मा ‘टप २५’ को २४औं स्थानमा परेकी छन्। बलिउडबाट अभिनेत्री कट्रिना केफ र दीपिका पादुकोण भने टप ५० को सूचीमा परेका छन्। कट्रिना विश्वको सबैभन्दा बढी प्रभावशाली इन्स्टाग्राम प्रयोगकर्ताहरूको सूचीमा ४३औं स्थानमा तथा दीपिका ४९औं स्थानमा रहेकी छन्।

 


Thali Mobile Pvt.Ltd.