काठमाडौं । गायक निराजन कडेल र गायिका प्रविशा अधिकारीको युगल स्वरमा रहेको गीत ‘उड्यो रे मेरो मनु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत प्रमोद कोइरालाको रहेको छ ।
यस गीतमा शैलेन्द्र एम प्रधान ( वावु) ले संगीत संयोजन गरेका छन्। कालिनचोकमा छायांकन गरिएको म्युजिक भिडियोमा सागर थापा (धुर्व) र रोशनी कार्कीको प्रेम र रोमान्स देख्न सकिन्छ । दिन्सन शाहले सम्पादन गरेको यस भिडियोमा अनिल के मानन्धरको छायांकन र निर्देशन रहेको छ । गायक कडेलको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।
विगत लामो समयदेखि निरन्तर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक कडेलले यसअघि ६ बढी म्युजिक भिडियो र ुपरिक्षाु नामक एल्वम सार्वजनिक गरिसकेकाछन्। गायक कडेलले यस गीतलाई हेरेर प्रतिक्रिया दिन सम्पूर्ण दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन्।
भिडियाे हेर्न यहाँ थिच्नुहाेस्…

