भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

महरा पत्नी सिताको निधन, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

महरा पत्नी सिताको निधन, प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । पूर्वसभामुख तथा प्रतिनिधिसभाका सदस्य कृष्ण बहादुर महराकी पत्नी सिता महराको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् । ट्विटर मार्फत उनले पूर्वसभामुख महरासहित सम्पूर्ण परिवारमा गहिरो समवेदनासमेत व्यक्त गरेका हुन्।

पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सिता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुःख लागेको छ। म दिवंगत सिता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’ ओलीले भनेका छन् ।

पुख्यौँली घर रोल्पा मेबाङमा गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते हेलिकोप्टरबाट काठमाडौं ल्याइयो । कोरोना संक्रमण देखिएपछि उनलाई १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

महरासैँगै माओवादी जनयुद्धमा भूमिगत भएकी सीताको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.