उनीहरुको सत्ता समीकरणमा हामी बलीको बोको बन्न जरुरी ठानेका छैनौंः लक्ष्मणलाल कर्ण

उनीहरुको सत्ता समीकरणमा हामी बलीको बोको बन्न जरुरी ठानेका छैनौंः लक्ष्मणलाल कर्ण

काठमाडौं । राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा)का नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टीले सत्ता समीकरणका विषयमा कसैसंग कुराकानी नगरेको र उनीहरुको स्वार्थका लागि आफु बलिको बोका नबन्ने दावी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकपछि उनले भने, ‘हामीले अहिले सत्ता समीकरणको कुनै कुरा गरेका छैनौं ।’ जुन इस्यु हो त्यो इस्युका लागि सबै सरकारसंग आग्रह गर्दै आएको उनको भनाई छ ।

कर्णले विगतदेखि पार्टीले उठाएको मुद्दा सम्बोधन नभएको जिकिर गरे । उनले भनेका छन्,  ‘वार्ता गर्न कार्यदल बन्या छैन् । तर, हाम्रो जुन इस्यु हो त्यो इस्युका लागि सबै सरकारसंग आग्रह गर्दै आएका छाैं र आज पनि गरेका हौं ।’

 


Thali Mobile Pvt.Ltd.