एक्कासी देउवा अस्पताल पुगे

एक्कासी देउवा अस्पताल पुगे

काठमाडौं । मष्तिष्कघात भई उपचाररत नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नर्भिक अस्पताल पुगेका छन् ।

फागुन १४ गते मष्तिष्कघात भएपछि नेता जोशी नर्भिक अस्पतालमा भर्ना भएका थिए । भेन्टिलेटरको सपोर्टमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बिग्रिदै गएको खबर सुनेपछि देउवा एक्कासी अस्पताल पुगेर जोशीको स्वास्थ्य अवस्था बुझेका हुन ।

देउवाले स्वास्थ्यकर्मीसँग अवस्था र उपचारको बिषयमा जानकारी लिएको अस्पतालले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.