भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले शव नै बन्धक बनायो

उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले शव नै बन्धक बनायो

विराटनगर । १८ वर्षीय कैशाल कापरको शव न्युरो अस्पतालले बन्दक बनाएको छ । परिवारले उपचार खर्च तिर्न नसकेपछि अस्पतालले कापरको शव दिन अस्वीकार गरेको हो ।

फागुन १२ गते मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका धनुषधाम–४ हरिपुरका कापर न्युरोमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको २० गते मृत्यु भयो । तर, उपचार खर्च नतिरेको भन्दै अस्पतालले कापरको शव परिवारलाई दिइएन ।

अस्पतालले नातिको शव बन्धक बनाएर राखेको मृतकका हजुरबुवा मधुरी कापरले बताए । पैसा दिन नसक्दा शव हेर्नै नदिएको उनले बताए । आफन्तले ऋण लिएर अस्पतालमा १ लाख ५० रुपैयाँ बुझाए तर अस्पतालले थप ३ लाख ८५ हजार रकम असुल्न शव नै हेर्न नदिएको बताए ।

आर्थिक अवस्था कमजोर भएकाले उपचारबापत बाँकी रकम तिर्न सक्ने अवस्था नरहेको उनको मधुरीले बताए।मृतकका बुवा विपतीया कापरका नाममा रहेको ५ धुर जग्गा र घर बन्धक राखेर उपचार खर्च तिरेको यादवको भनाई छ । चार सन्तानमध्ये छोराको मृत्यु भएपछि आमाबुवा बेहोस अवस्थामा छन् ।

यता अस्पतालले अन्तिम संस्कार गर्न पनि नदिए पछि त्यो परिवार झन विचल्लीमा परेको छ । कापर परिवारले झन्डै ३ लाख बुझाउन बाँकी रहेको अस्पताल प्रशासनका राजेश भट्टराईले बताए । अस्पतालले पैसा नपाएसम्म शव दिन नसकिने कापर परिवारलाई बताएको छ।

 


Thali Mobile Pvt.Ltd.