भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

एकलैनी बजार विस्तारको काम हुँदै

एकलैनी बजार विस्तारको काम हुँदै

बाँके । लामो समयको रस्साकस्सीपछि अन्ततः यहाँको एकलैनी बजार क्षेत्र विस्तारको काम शुरु गरिएको छ । दुई दशक पुरानो एकलैनी विस्तार योजना कहिले बजेट अभाव तथा कहिले स्थानीयवासीको अवरोधका कारण अघि बढ्न सकेको थिएन । वडा कार्यालयको समन्वयमा स्थानीयवासीलाई सहमतिमा ल्याइएपछि बाटो विस्तारको काम शुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । उक्त बजार क्षेत्रमा दुई छेउ नालासहितको सात मिटरको पक्की सडक निर्माणको काम शुरु गरिएको र दुई महिनाभित्र सक्ने योजना नगरपालिकाले तय गरेको छ ।

पहिलो चरणमा रु आठ करोडमा योजनाको काम थालिएको छ । योजनाअन्तर्गत नाला र सडक निर्माणका लागि उपमहानगरपालिकाको आन्तरिक कोषबाट कूल झण्डै रु २२ करोड छुट्याइएको नगर प्रमुख राणाले जानकारी दिनुभयो ।राज्यको नयाँ प्रशासनिक संरचनाअनुसार नेपालगञ्जका स्थानीय तहमा जनप्रतिनिधि आएर काम गर्न लागेको तीन वर्ष पुग्न लाग्दासमेत विवादका कारण एकलैनी बजार क्षेत्र विस्तार योजनाको काम अभैm अघि बढ्न सकेको थिएन । “लामो समयको खिंचातानीपछि अहिले एकलैनी क्षेत्रका बासिन्दा घर भत्काउन सहमत भएका छन्”, वडा नं ३ का वडाध्यक्ष मोहम्मद आयुब सिद्दीकीले भन्नुभयो ।

नेपालगञ्ज सानो हुँदा सबै कारोवार एकलैनी बजारबाट हुने गथ्र्यो । समयक्रमसँगै बजारले आकार लिँदै गए पनि यो क्षेत्र भने खुम्चिएकै स्वरुपमा छ । मोटर जान नसक्ने तीन मिटरभन्दा सानो बाटो, अव्यवस्थित पसल, फोहरमैला विसर्जनका लागि स्थान अभावलगायत साँघुरोपनको अवस्था एकलैनीले वर्षौंदेखि भोग्दै आएको छ । अर्कोतर्पm एकलैनी बजार विस्तार हुन नसक्दा यो क्षेत्रबाट शृङ्गार प्रसाधन र दैनिक उपभोग्य वस्तुका पसलबाहेक अन्य पसल विस्तारित क्षेत्रमा सर्दै गएका छन् ।

झण्डै पाँच हजार घरधुरीको बसोबास रहेको यो बजार क्षेत्रमा योजनाअन्तर्गत चौडा सडक र नाला निर्माण हुने योजना रहेको नगर प्रमुख राणाले बताउनुभयो । नयाँ योजनानुसार छ मिटरको सडक र सडकका दुई छेउ एक÷एक मिटरको सतही नाला निर्माण गरिनेछ । त्यसका साथै खानेपानीको नयाँ पाइप लाइन, विद्युत् र टेलिफोन सेवाको विस्तारसमेत हुने जनाइएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.