भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

एक्कासी किन पुगे गृहमन्त्रीको क्वार्टरमा प्रधानमन्त्री ओली ?

एक्कासी किन पुगे गृहमन्त्रीको क्वार्टरमा प्रधानमन्त्री ओली ?

काठमाडौं । लगभग बोलीबाराबारमा पुगेको प्रधानमन्त्री केपी शर्मा ओली नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा पुगेर छलफलमा सहभागि भए । लगतै उनी गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न उनकै निवासमा पुगेका छन् ।

पुल्चोक पुगेका प्रधानमन्त्रीले गृहमन्त्री रामबहादुर थापा बादलबीच निकै गम्भिर छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसंगैभौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी भएको जनाइएको छ । खुमलटारको भेटपछि बादललाई भेट्नै पर्ने स्थिति आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

parchand & Oli

प्रचण्ड निवास खुमल्टारमा प्रम ओली

शनिबार बिहान ११ बजे प्रचण्डलाई भेट्न ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए । नेकपा भित्रको रडाको र किचलो उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओली पहिलो पटक प्रचण्डलाई भेट्‍न उनकै निवास पुगेका हुन्। एकाधिकार र सर्वसत्तावादविरूद्ध डटेर लड्ने प्रचण्ड पक्षको निष्कर्ष रहेका बेला ओलीको यस भेटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.