भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

एक वर्षको अवधिमा पाल्पाका खोला–नदीमा डुबेर २४ जनाको मृत्यु

एक वर्षको अवधिमा पाल्पाका खोला–नदीमा डुबेर २४ जनाको मृत्यु

पाल्पा । एक वर्षको अवधिमा पाल्पाका खोला–नदीमा डुबेर २४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७९ र ८० को असार २ गतेसम्मको जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्याङ्कमा २१ जना रहेको उल्लेख गरिए पनि असार ४ गते सम्म थप ३ जनाको मृत्यु हुँदा मृत्यु हुनेको संख्या २४ पुगेको हो । जसमा १२ पुरुष, २ महिला, ५ बालक र ५ बालिका रहेका छन् । खोला र नदीमा डुबेर अकालमै मृत्यु हुनेको संख्या जिल्लामा बढ्दो रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृत्यु हुने अधिकांश घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक रहेका छन् । तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोला ड्याम साइड र भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले धेरैको ज्यान लिएको छ । भूतखोलामा रहेको पानी पोखरी अवलोकन गर्न पुग्नेहरुले फोटो खिच्ने र पौडी खेल्न क्रममा ज्यान गुमाएका छन् ।

असार ३ गते कालीगण्डकी नदीमा बेपत्ता भएकी एक किशोरीको शव फेला परेको थियो भने ४ गते रैनादेवी छहरा र तिनाउमा दुई जनाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.