भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

पहिरोका कारण बैतडीको लेक लुपुड माविको भवनमा क्षती

पहिरोका कारण बैतडीको लेक लुपुड माविको भवनमा क्षती

बैतडी । पहिरोका कारण बैतडीको सिगास गाउँपालिकामा रहेको लेक लुपुड माविको भवनमा क्षती पुगेको छ । शनिबार बिहान विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय भवनमा क्षती पुगेको हो । नयाँ भवन निर्माण कार्य सम्पन्न भएर पेन्टिङको काम भइरहेको छ भने गत वर्ष निर्माण भएको भवनमा पठनपाठन हुने गरेको थियो । नयाँ भवनको माथिबाट पहिरो खसेपछि विद्यालय भवन उच्च जोखिममा परेको प्रहुन पुगेको विद्यालयले जनाएको छ ।

पहिरोका कारण कक्षा सञ्चालनमै समस्या आउने विद्यालयले जनाएको छ । कक्षा १२ सम्मको पढाइ हुने विद्यालयमा ३ सय ५० विद्यार्थी अध्ययनरत रहेका थिए । विद्यालयका दुईवटा भवनका नौ कोठा रहेका र तीमध्ये पहिरोले दुबै भवनका गरेर चार कोठामा क्षती गरेको छ ।

बाँकी रहेको भवन र विद्यार्थीको खाजा खाने क्यान्टिन पनि जोखिममा परेको छ । चार कोठे नयाँ भवन संघीय अनुदानमा ७२ लाखमा निर्माण भएको र भवन हस्तान्तरण नहुँदै पहिरोले भत्किने सम्भावना रहेको रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.