भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

एनआरएनए विश्व सम्मेलनबाट नयाँ नेतृत्व चयन, नेपालमा लगानी भित्राउने प्रतिवद्धता

एनआरएनए विश्व सम्मेलनबाट नयाँ नेतृत्व चयन, नेपालमा लगानी भित्राउने प्रतिवद्धता

काठमाडौं । संसारभर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई एकजुट राख्न नयाँ अभ्याससहित गैर आवासीय नेपाली संघको १० औ विश्वसम्मेलनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।  संघको नयाँ नेतृत्वमा कुल आचार्य, रबिना थापा र डा. बद्रि केसी अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

दुई दिनसम्म राजधानी काठमाडौंमा छलफल, बहस र विचार मन्थन गरी सम्पन्न भएको विश्व सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको हो । नवनिर्वाचित कार्यसमितिलाई राष्ट्रिपति विद्यादेवि भण्डारीले बधाइ दिदै नेपालमा महामारीका बेला र त्यसभन्दा पहिले भूकम्पका बेला गैरआवासीय नेपालीले गरेको सहयोगको प्रशंसा गरिन् ।

मातृभूमिका निम्ती गरेको सहयोगको सरकारले उच्च मुल्याङ्कन गरेको बताइन् । संविधानले नै गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने भएकाले त्यो समस्या चाडै समाधान हुनेमा आश्वस्त पारिन् । नेपालको कला सस्कृतिलाई संसारभर फैलाउन गैर आवासीय संघको महत्वपूर्ण भूमिका रहने बताइन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तित्वले बधाई ज्ञापन गरेका छन् । संस्थाको एकतालाई कायम राख्दै गैरआवासीय नेपाली संघले अगाडी सारेका एजेन्डाहरु कार्यान्वयन गर्न निरन्तर रुपमा एक शक्ति कै रुपमा लागि रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

संस्थालाई पारदर्शी र समावेशी बनाउने अभियानमा कुनै कन्जुस्याई नहुने अध्यक्ष कुल आचार्यले कैलाश खबरलाई बताए । आचार्यले भने, ‘यो अभियानमा साथ दिने सबै साथीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु । आगामी दिनमा संसारभरिका गैर आवासीय नेपाली साथीहरुको साथ, सहयोग र सुझावका आधारमा सस्थाका गतिविधि अगाडी बढाउने प्रण गर्दछु।’

त्यस्तै संघभित्रका तमाम बेथिति र विसंगतिको सुनुवाइ र समाधान अन्त्य गर्न नयाँ कार्यसमितिको पहिलो पहल हुने र त्यो पहल सार्थकतामा जाने अर्का अध्यक्ष डा. बद्रि केसीले बताए । विभिन्न देशबाट महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरु पनि खुसी भएका छन् ।

विदेशमा रहदा र गैरआवासीय नेपालीहरुले भोग्नु परेको पीडा समेत सम्मेलनमा व्यक्त गर्दै नेपाल सरकारलाई समेत समाधानका निम्ति घचघच्याएका छन् । प्रवासी नेपालीहरूको नाम र इज्जत बोकेको संस्थामा उत्पन्न चरम विवाद समाधान भएर सबै एकजुट र एकताकासाथ समस्या समाधानमा केन्द्रीत भएकोमा नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यवाद दिए ।

अब नेपाल सरकारद्वारा हस्तक्षेप गर्नपर्ने अवस्था उत्पन्न नगराउन पनि गैरआवासीय नेपाली संघलाई देउवाले सुझाव दिए । विश्वका विकसित देशमा बसेर नेपाललाई तुलना गर्ने अनि नेपाली नेता, दलहरू र सिस्टमलाई आलोचना गरेर मात्रै समस्या समाधान नहुने र अब कसरी समस्या समाधान गर्ने तथा नेपालमा लगानीको वातावरण बनाउने त्यसको जिम्मा पनि गैर आवासीय नेपाली संघले लिनु पर्ने बताए ।

नेपालका नेपालीमुलका नेपाली भाषीलाई एक ठाउँमा ल्याएर नेपालका लागि नेपाली भन्ने मूल नारा बोकेर यो संघ अघि बढेको अर्का अध्यक्ष रविना थापाले बताइन् । सस्था भित्रको विवादलाई कार्यसमितिको बैठकबाट समाधान गर्ने र तीनै जना अध्यक्षले कार्यकाल बाँडेर कार्ययोजना समेत बनाएर अगाडि बढ्ने बताइन् ।

नागरिकता कार्यन्वय गर्न लगाउने पहिलो प्राथमिकतामा रहेको थापाको भनाइ छ । नेपाली विदेशिनु रहर नभएर बाध्यता पनि कतिपयको भएको भन्दै नेपालीहरुले भोग्न परेका समस्या, विदेशमा सिकेका सिप, ज्ञान नेपालमा कसरी लगाउन सकिन्छ भन्ने उदेश्यले अब सस्था लागि पर्ने युकेबाट सम्मेलनमा आएकी रोजिना प्रधान राईले बताइन् ।

समृद्ध नेपाल कुरा मात्रै नबनाउने यसका लागि व्यवहारमै सहयोग गर्न आफ्नो भूमिका रहने भन्दै बेलायतमा गोर्खाहरुले भोग्न परेको समस्याबारे पनि उनले नजिकबाट लिएको र ती समस्या समाधान गर्न पनि पहल गरिने बताइन ।

विश्वमा अन्य मुलुका नागरिक भन्दा नेपाली राहदानीमानै हेपिनुका अनुभव सुनाइन् । नेपालीहरुले भोग्न परेका समस्यामा सरकारले अविभावकीय भूमिका निर्वाह गरेर गैर आवासीय नेपालीका समस्या समाधानमा ध्यान दिन सुझाव दिइन् । सरकारसंग मिलेर साना साना पुजीका लागि लगानी रुपमा लैजाने संघले बताएको छ ।

नवनिर्वाचित कार्यसमिति
समितिको उपाध्यक्षमा भुषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ (रोविन्द), डा. हेमराज शर्मा, जयप्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा छन् भने महिला उपाध्यक्षमा डा. विष्णुमाया परियार र याश्मिन वेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन् ।

महासचिवमा
गौरीराज जोशी र केशव पौडेल, उपमहासचिवमा गणेश केसी, डा देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी, सचिवमा चिरञ्जिीवि घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रविण गुरुङ, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठि तथा महिला सचिवमा डा.अलिलि पोखरेल र टिका गुरुङ चयन भएका छन् ।

कोषाध्यक्षमा
सुनिल शाह, लोक दाहाल र फणिन्द्रमणि पोखरेल

सह-कोषाध्यक्षमा
दिपक शर्मा, होम गौतम, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी चयन भएका छन् ।

महिला सह-कोषाध्यक्षमा
अमृता थापा, यमुना भट्टराई र योगिता थापा चयन भएका छन् ।

युवा संयोजकमा
अब्दुल वासीद र रविन्द्र खडका तथा महिला संयोजकमा विमला सापकोटा र संगिता मरहठठा चयन भएका छन् ।

प्रवक्तामा
सोम सापकोटा र शिव बडुवाल चयन भएका छन् ।
अध्यक्ष ३, उपाध्यक्ष ११, महासचिव २, उप-महासचिव ६, सचिव १० जना रहने व्यवस्था गरिएको छ । काेषाध्यक्ष ३, सह-कोषाध्यक्ष ८, महिला सह-कोषाध्यक्ष ३, प्रवक्ता २ जना रहने व्यवस्था गरिएको छ ।

महिला संयोजक २, युवा संयोजक २, क्षेत्रीय संयोजक २, क्षेत्रीय उप-संयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५ जना रहने व्यवस्था गरिएको छ ।
क्षेत्रीय महिला संयोजकको संख्या बढाएर ३ जना पुर्याएकाे छ । क्षेत्रीय युवा संयोजक २, क्षेत्रीय महिला उप-संयोजक २ र क्षेत्रीय युवा संयोजक २ जना रहने व्यवस्था गरेकाे छ । विधान अनुसार एनआरएनको पदाधिकारी संख्या ९५ जनाको हुने भएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.