भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

राडिपाखी बुन्ने उपकरणले सहज बनायो

राडिपाखी बुन्ने उपकरणले सहज बनायो

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका– ७ का किसानलाई राडिपाखी बुन्ने उपकरण उपलब्ध गराएपछि त्यहाँ कार्यरत उद्यमीलाई काम गर्न सहज भएको छ । पहिले एक हप्तामा एउटै मात्र राडिपाखी बुन्दै आएका यहाँका उद्यमीले अहिले उपकरणको प्रयोगले सहजै तीन–चारवटासम्म राडिपाखी बुन्न थालेको स्थानीयवासी चन्द्रबहादुर कुँवरले जानकारी दिनुभयो । उक्त वडाका स्थानीयवासीको प्रमुख आम्दानीको स्रोत भेडापालन हो ।

भेडाको ऊनबाट विभिन्न राडिपाखी, स्वीटर, पाखेकोट, गलबन्धी, लिउलगायत सामग्री बनाइन्छ । यी सबै सामग्री बुन्न पुरानो परम्परागतको चाद प्रयोग हँुदै आएको थियो । एक राडिपाखी, लिउ र पाखेकोट बुन्न करिब एक हप्ता लाग्थ्यो तर कर्णाली प्रदेश सरकार उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालयले उपकरण उपलब्ध गराउनका साथै तालिमसमेत दिएपछि निकै राहत मिलेको स्थानीयवासीले बताए ।

पहिलो पटक उपकरणबाट राडिपाखी बुन्न पाउदा निकै खुसी छौँ । सो कार्यले जीवन निर्वाह गर्ने सहज बाटो सिकाएको र आत्मनिर्भर हुन प्रेरित गरेको उनीहरुको भनाइ थियो ।
गाउँपालिकाले विभिन्न आत्मनिर्भरका तालिम सञ्चालन गरेकाले सिकेका सीप प्रयोगमा ल्याउनु अति आवश्यक रहेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो ।

 


Thali Mobile Pvt.Ltd.