भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

एमविविएससहित बिरुवा गाउँपालिकाले दियो बिरामीलाई एम्बुलेन्स सेवा

एमविविएससहित बिरुवा गाउँपालिकाले दियो बिरामीलाई एम्बुलेन्स सेवा

काठमाडौं । बिरुवा गाउँपालिकाले बिरामीलाई आजबाट एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । एम्बुलेन्स नहुँदा विरामीले सास्ती भोग्नु परेको अवस्था थियो । गाउँकार्यपालिकाको बैठकले गाउँपालिका भित्रका बिरामीलाई सहजरुपमा उपचार केन्द्र सम्म पु¥याउनका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोही निर्णयलाई कार्यान्वयन गर्दै आजबाट सेवा प्रदान गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताए । गाउँपालिकावासीलाइ उपचारमा सहज हाेस भनेर MBBS Doctor सहितकाे सेवा पनि उपलब्ध गराएकाे उनकाे भनाइ छ । बिरामीले समयमै उपचार नपाउँदा ज्यान जाने समस्या निम्तिन थालेपछि एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको गाँउपालिका अध्यक्ष चुनप्रसाद शर्माले बताए ।

स्याङ्जा सदरमुकाम पुतलीबजारबाट दक्षिण पूर्वमा अवस्थित यो गाउँपालिकामा साविकका विरुवाअर्चले, मनकामना, ओरष्टे गा.वि.स. का सबै वडाहरू तथा साविकका गा.वि.स. पेल्काचौरको वडा ३ र ९,राङभाङको ४,५,६,७ र ८ चिन्नेबासको १,२,३,४,५ र ६ तथा किचनासको १,२,३,४,५ र ७ नम्बर वडाहरू गाभिएका छन् ।

८ वटा वडाहरू रहेको यस गाउँपालिकामा अब एम्बुलेन्स सेवा प्रदान भएपछि विरामीले सास्ती भोग्न नपर्ने उपाध्यक्ष देबीकुमारी थापाले बताईन् । उपचारका लागि यस भन्दा पहिले स्याङ्जा सदरमुकाम, पोखरा र बुटवल जानु पर्ने बाध्यता अबदेखि हटेको स्थानीयले बताएका छन् । गाउँपालिकाले स्वास्थ्य सेवावाट वञ्चित वडा नं २ र ७ मा यसै आर्थिक वर्षबाट सामुदायिक स्वास्थ्य केन्द्र शुरु गरेपछि यहाँका नागरिक हर्षित भएका छन् ।

एम्बुलेन्ससाथै गाउँपालिकाले एमविविएस डाक्टर सहित ५ बेडको कोभिड विशेष अस्पताल शुरू गरेपछि गाउँपालिकावासी मात्र नभएर अन्य ठाउँका विरामीले समेत सहज सेवा लिइरहेका छन् । अहिले विशेष अस्पतालमा एक जना MBBS र दुई जना स्टाफ नर्स कार्यरत छन् । गाउँपालिकाले शुरु गरेको १२ बेडको आइसोलेसन सेन्टरमा ४ जना कोरोना संक्रमित बिरामीले सेवा लिइसकेकाे प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए  ।मंसिर २२ गतेबाट सेवा शरु गरेकाे एम्बुलेन्सले टोल टोलमा पुगेर सेवा प्रवाह गर्ने उनकाे भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.