भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

सुरक्षा कारबाहीमा २८ तालिबानीको मृत्यु

सुरक्षा कारबाहीमा २८ तालिबानीको मृत्यु

एएनआई अफगानिस्तान । पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा अफगानिस्तानको सुरक्षा निकायले गरेको कारबाहीमा परेर २८ जना तालिबानी मारिएका छन् । उरुज्गान र कान्दाहार प्रान्तमा अफगानिस्तानको सेनाले हवाई तथा स्थल मार्गबाट कारबाही गरेको थियो ।

उरुजगानको ओबे जिल्लामा अफगान सुरक्षाबलले गरेको सुरक्षा कारबाहीमा परी ती तालिाबानी लडाकू मारिएका बताइएको छ । ओबे जिल्लामा रहेको एक प्रहरी चौकीमा बुधबार अपराह्न तालिबानी लडाकू समूहले आक्रमण गरेका थिए । उक्त आक्रमणपछि सुरक्षाबलले गरेको कारबाहीमा तालिबानी समूहका लडाकू मारिएका हुन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले शनिबार ती लडाकूहरु मारिएका आइतबार जानकारी गराएको छ । कारबाहीको क्रममा सुरक्षाबलले युद्धविमान समेत प्रयोग गरेको जनाइएको छ । कारबाहीको क्रममा एक दर्जनभन्दा बढी लडाकू घाइते भएका जनाइएको छ । कान्दाहार प्रान्तको मारोफ जेराई भन्ने जिल्लामा पछिल्ला केही दिनहरुमा तालिबानहरुले हिंसात्मक क्रियाकलाप गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.