भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

एमसीसी राष्ट्रघाती छ याे पास गर्नु हुँदैनः अध्यक्ष थापा

एमसीसी राष्ट्रघाती छ याे पास गर्नु हुँदैनः अध्यक्ष थापा

काठमाडौं । एमसीसी सम्झौता गरिए नेपालको राष्ट्रियता नै खतरामा पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन् । भक्तपुरको स्टार बैंकेटमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला समायोजन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले एमसीसी जस्ता राष्ट्रघाती सम्झौताहरु तत्काल खारेज गर्नु पर्ने तर्क अघि सारे ।

नेपाली जनताले रगत बगाएर ल्याएको गणतन्त्र सीमित नेता भनाउँदाको पोल्टामा परेको जिकिर गर्दै थापाले सबैकिसिमका माफियाले स्थानीय तहदेखि सदनसम्म कब्जा गरेको दावी गरे । प्रजातन्त्रको अर्को नाम विकृति भएको चर्चा गर्दै अध्यक्ष थापाले वडाको चुनाव लडन पनि २० औं लाख खर्च गर्नुपर्ने अवस्था कस्का लागि भन्दै प्रश्न गरे ।

सीमित दलका नेताले संवैधानिक आयोगका प्रमुखहरुलाई नै खरिद गरी आफ्नो खल्तीमा हालेको सन्दर्भ कोट्याउँदै जनताको पक्षमा गणतन्त्र नआएको आरोप लगाए। समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका अर्का अध्यक्ष पशुपतिशमशेर राणाले कम्युनिष्ट भनेर कहलिएका शक्तिले नै जनतामाथि रजाई गरेको दावी गरे ।

काँग्रेस कम्युनिष्टको विकल्पका जनताको वास्तवीक पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै भएको जिकिर गरे । राप्रपा अब कहिल्यै नफुट्ने र जनताको पक्षमा निरन्तर संघर्ष गर्ने भन्दै राणाले जनताका अधिकार र राष्ट्रको स्वाभिमानमा आच आउँने खालका संधि सम्झौता खारेज गर्नु पर्ने तर्क गरे ।

कार्यक्रममा नेपाली सेनाका पूर्व जनरल भरत खडका, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका पूर्व जनमुक्ति सेना, नेपाली काँग्रेसलगायतका सयौं युवाहरु पार्टी परित्याग गरेर राप्रपामा प्रवेश गरेका छन् । कुनै पनि पार्टीले जनताको पक्षमा काम नगरेको, युवाशक्तिलाई श्रम बेच्न विदेश जानुपर्ने बाध्य बनाएकाले अब राप्रपाले मात्रै युवा मैत्री व्यवस्था कायम गर्ने उनीहरुले आवाज उठाएका थिए ।

दिप गुरुङ र दिनेश मगरको अगुवाईमा ३ सय बढी युवाहरु राप्रपा प्रवेश गरेको उनीहरुले बताए । राप्रपा भक्तपुरको अध्यक्षमा रामशरण लामिछाने र सहअध्यक्षमा श्यामप्रसाद नेपाल चयन भएको कार्यक्रममा जानकारी दिइएको थियो। नयाँ कार्यसमितिले देश र जनताको पक्षमा मरिमेटी काम गर्ने प्रतिवद्धता जाहेर गरेका थिए  भने कार्यक्रमको संचालन धनबहादुर लामाले गरेका थिए ।

हेर्नुहाेस् तस्वीरमा…

 


Thali Mobile Pvt.Ltd.