भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

बाकेँ । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको लोपउन्मुख एक सिङ्गे गैँडा संरक्षणमा चुनौती रहेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिको असर गैँडा संरक्षणमा पर्न थालेको छ । गैँडाका चरिचरन क्षेत्रमा वनमारालगायत मिचाहा प्रजातिका वनस्पति झाङ्गिँदै गएकाले आहाराको समस्या चुनौतीका रूपमा देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

निकुञ्जसहित मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा गैँडाले बासस्थान बनाएका छन् । बर्दियामा पाँगो माटोको समस्या छ । यस्तो माटो घट्दै गएको पाइन्छ । गैँडालाई आहालमा बस्नुपर्ने भएकाले पोखरी तथा घोल आवश्यक पर्छ । कर्णाली–गेरुवा नदीमा पानीको मात्रा घटेकाले गैँडाका बासस्थानमा पानीको समस्या छ । सन् २०१५ को अनुगमनबाट चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाटामा आठ र पर्सामा तीन गरी ६४५ एकसिङ्गे गैँडा छन् ।

सन् २०१७ र २०१८ मा चितवन राष्ट्रिय निकुञ्जबाट बर्दियामा आठ गैँडा स्थानान्तरण गरिएका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले गैँडा गणना गर्न रु एक करोड १० लाख लागत अनुमान गरिएको बताए । त्यसमध्ये रु ३० लाख मूल्यको प्राविधिक सामग्री खरिद छ । प्रत्येक चार–पाँच वर्षमा गरिने गैँडा गणना गत वर्ष कोभिड महामारीका कारण रोकिएको थियो । निकुञ्जमा प्रत्यक्ष विधिबाट गैँडा गणना गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.