भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

वडाध्यक्ष उम्मेदवार पक्राउ

वडाध्यक्ष उम्मेदवार पक्राउ

सुर्खेत । मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार पक्राउ परेका छन् । मतदातालाई पैसा बाँडिरहेको अवस्थामा गुर्भाकोट नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना पाएपछि प्रहरीले राति नै छापा मारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

खानतलासी गर्दा बिसी पुगेको घरमा एक लाख १ हजार रुपैयाँसहितको झोला फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा डीएसपी रामप्रसाद घर्तीले बताए ।

उनले भने, ‘नगदसहित पक्राउ परेका उम्मेदवारलाई घटनास्थल मुचुल्कासहित प्रहरी चौकी मेहलकुनामा राखेका थियौं । अब निर्वाचन कार्यालयको जिम्मा लगाउँछौं ।’ घर्तीले घटनाबारे थप अनुसन्धान हुने बताए ।

 


Thali Mobile Pvt.Ltd.