भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

एमालेमा किचलो ! ओलीको कार्यक्रम नेपाल समूहद्वारा बहिष्कार

एमालेमा किचलो ! ओलीको कार्यक्रम नेपाल समूहद्वारा बहिष्कार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको कार्यक्रममा माधव नेपाल समूहद्वारा बहिष्कार गर्ने भएको छ ।

मंगलबार आयोजना गरिएको चियापान कार्यक्रममा माधव नेपाल समूहले आफ्नो समूहका नेता तथा कार्यकर्ता कोहीलाई पनि नजान निर्देशन दिएको छ । चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको छ ।

यता झलनाथ खनाल समूहले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला भने नरोक्‍ने जनाएको छ ।साझा सहमति बनाएर जान ओलीले प्रस्ताव गरे पनि नेपाल समूहले भेला नरोक्‍ने भएको हो ।

आफु निकट नेताहरूसँग नेता नेपालले प्रधानमन्त्री ओलीले फागुन २८ गतेको निर्णयको विषयमा कुरा उठेपछि त्यो निर्णयबाट आफू पछि नहट्ने बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.