भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्ने भएको हो ।

बैठकका लागि सम्भावित कार्यसूची तय भएका छन् ।
संसद पुनर्स्थापित भएपछि आज तेस्रो पटक बैठक बस्न लागेको हो । यस अघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि केहीबेर स्थगित गरिएको बैठक आजका लागि सारिएको थियो ।

बैठकमा सभामुख उपस्थित नभएका बेला सभाको अध्यक्षता गर्ने प्यानलमा रहने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ । आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसुचि तय गर्नका लागि हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।

संसद बैठक कैलाश खबरले लाइभ गर्ने छ । www.kailashkhabar.com मा हेर्न सकिने छ ।

 


Thali Mobile Pvt.Ltd.