भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालको कठिन यात्रा, आज युएईसँग भिड्दै

नेपालको कठिन यात्रा, आज युएईसँग भिड्दै

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल आज युएईविरुद्ध भिड्दै छ। दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा अहिले केही बेरमा दुई टोलीबीच खेल सुरु हुदै छ ।

ग्लोबल छनोटमा स्थान बनाउन नेपालले आजको खेलमा यूएईलाई ठूलो अन्तरले हराएर उसको भन्दा धेरै नेट रन रेट बनाउनु पर्नेछ। यूएई ८ अंकले अगाडि छ भने नेपाल र हङकङ समान ६–६ अंक छ। आजको खेलमा नेपालले जित निकाल्न सके नेपाल पनि समान ८ अंक जोड्न सफल हुनेछ।

६ टिम सहभागी प्रतियोगिताबाट एक टिमले ग्लोबल छनोटका लागि स्थान सुरक्षित गर्नेछ । शीर्षस्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने अवसर नेपाल, यूएई र हङकङलाई छ तर छनोटमा २ अंक मात्र जोड्न सफल मलेसिया र भुटासँगै अंकविहीन कुवेत बाहिरिइसकेको छ।

 


Thali Mobile Pvt.Ltd.