भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

नोबेल मेडिकल कलेजका विद्यार्थी बसे अनसन

नोबेल मेडिकल कलेजका विद्यार्थी बसे अनसन

काठमाडौं । नोबेल मेडिकल कलेजका विद्यार्थी रिले अनसन बसेका छन् । अन्य शिक्षण अस्पतालमा पढ्नको लागि स्थान्तरणको माग राख्दै विहिबारदेखि काठमाडौंको माइतीघर मण्डलामा विद्यार्थीहरुले रिले अनसन सुरु गरेका हुन । नोबेल कलेजबाट पीडित १० विद्यार्थीले सरकारले बनाएको नियम कानून नमान्ने क्यापसबाट अन्य शिक्षण अस्पतालमा पढ्ने वातावरणसहित स्थानन्तरण गर्न सरकारसँग माग राख्दै रिलेअनसन भोक हड्ताल तथा धर्ना सुरु गरेका हुन् । उनीहरूले विगत ८० दिन देखि निरन्तर अतिरिक्त शुल्क हटाउन माग गर्दै आन्दोलन गरिरहेका छन् ।

चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परिक्षाबाट योग्यता श्रेणीमा पास गरेर चिकित्सा शिक्षा आयोगको नियमानुसार काठमाडौं विश्वविद्यालयमा भर्ना भई नोबेल मेडिकल क्यापसमा एमबीबीएस पढ्न विद्यार्थीले चिकित्साशिक्षा आयोगले उपत्यका बाहिरका मेडिकल कलेजले ४४ लाखमा एमबीबीएस पढाउन भने पनि नोबेल मेडिकल कलेजले त्यो भन्दा बढि शुल्क लिएको बताउदै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.