भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

ओमिक्रोनको जोखिमपछि प्रवेशविन्दुमा कडाइ

ओमिक्रोनको जोखिमपछि प्रवेशविन्दुमा कडाइ

दमौली । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि गण्डकी प्रदेशको प्रवेशविन्दु तनहुँको आँबुखैरेनीमा कडाइ गरिने भएको छ ।गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पुलजीपमा स्थापना गरेको स्वास्थ्य प्रबद्र्धन तथा निगरानी केन्द्रलाई प्रभावकारी बनाउन आवश्यक कर्मचारीको व्यवस्थापन गर्न लागिएको हो । प्रदेश सरकारले उक्त केन्द्रमा आवश्यक कर्मचारी, स्वास्थ्य सामग्री प्रबन्ध गर्ने व्यवस्था मिलाउने र सार्वजनिकस्थलमा निःशुल्क एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउनेछ ।

निगरानी केन्द्रमा मुग्लिन पुल हुँदै गण्डकी प्रदेश प्रवेश गर्ने हरेक सवारी साधनको नम्बर दर्ता गरिने र स्वास्थ्यको मापदण्ड पालना गरे÷नगरेको परीक्षण गरिने आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “ सबै यात्रुलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न लगाइनेछ, केही समस्या भए तत्कालै समाधान पनि गरिनेछ”, उहाँले भन्नुभयो, “यसका साथै स्वास्थ्य सम्बन्धी सचेतना प्रदान पनि गरिनेछ ।” परीक्षणबाट पोजेटिभ देखिएकालाई तत्काल संस्थागत आइसोलेशनमा राख्न व्यवस्था मिलाउने निर्णय भएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिनुभयो ।

प्रदेश सरकारले निगरानी केन्द्रको थप व्यवस्थापनका लागि तल्लो मस्र्याङ्दी जलविद्युत् कार्यालयको जग्गा प्रयोग गर्नका लागि नेपाल विद्युत् प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गत असोजमा आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा निगरानी केन्द्र स्थापना गरेको थियो । तर कोरोना जोखिम न्यूनीकरण हुँदै गएपछि उक्त केन्द्र प्रभावकारी हुन सकेको थिएन । तर ओमिक्रोनको जोखिम बढेसँगै अब उक्त केन्द्रलाई सक्रिय बनाउने तयारी छ ।

 


Thali Mobile Pvt.Ltd.