काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बामदेव गौतमबीच एक घण्टा भेटवार्ता भएको छ ।
प्रचण्ड निवास खुमलटारमा भएको भेटमा । सर्वोच्च अदालतले प्रतिनिधसभा विघटनको निर्णय बदर गरेसँगै सचिवालय बैठक डाक्न आग्रह गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
अरु के के विषयमा कुराकानी भयो भन्ने नखुलाइए पनि नयाँ सत्ता समीकरणका विषयमा चर्चा शुरू भएको बुझिएको छ ।
