‘नैतिकता बचाउनलाई भएपनि ओलीले राजीनामा दिनुपर्छ’

‘नैतिकता बचाउनलाई भएपनि ओलीले राजीनामा दिनुपर्छ’

काठमाडौं । अविश्वासको प्रस्ताव फेस गर्ने बताएपनि बालुवाटारमा अधिकाँस स्थायी कमिटी सदस्यले राजीनामा दिनु नै बेस भनेका छन् । राजीनामा दिने विषयमा छलफल भए पनि ओलीले राजीनामा नदिने बताएका छन् ।

राजनीति सही तरिकामा अगाडि बढाउने भए नैतिकताको आधारमा राजीनामा दिनु नै बेस भन्दै दिने नदिने त आफ्नो आफ्नो कुरा हो सदस्यले भनेका छन् । यता प्रदीप ज्ञवालीले तोकिएकै समयभित्र संसद् बैठक बोलाउने निर्णय भएको जानकारी दिएका छन् ।

सर्वोच्च अदालतले मंगलवार प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई बदर गरेसँगै ओलीको राजनीति लगभग सिद्धिने केही नेताहरुले टिप्पणी गरेका छन् । त्यसैले नैतिकताको आधारमा राजीनामा दिनु नै उत्तम हुने नेताहरुले सूझाएका छन् । ओलीकै हठले देश अप्ठ्यारोमा परेको उनीहरुले जिकिर गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.