भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रहरीको गोली लागेर बालकुमारीमा दैलेखका सुदन राउतको ज्यान गयो

प्रहरीको गोली लागेर बालकुमारीमा दैलेखका सुदन राउतको ज्यान गयो

काठमाण्डौ । प्रहरीको गोली लागेर एक जना युवाको ज्यान गएको छ । रोजगार अनुमति प्रणाली (पीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको हो ।

गोली लागेर दैलेख जिल्ला महाबु गाउँपालिका ६ का सुदन राउतको ज्यान गएको ललितपुर प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । उपचारका क्रममा पाटन अस्पतालमा उनको ज्यान गएको हो । युवाहरुको भिड अनियन्त्रित भएको र वरपरका पसल तथा गाडीमा अन्धाधुन्ध आक्रमण गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको उनको भनाइ छ ।

केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ५४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लाठीचार्ज र अश्रुग्यास हानेर युवालाई तितर बितर पार्दै भिड नियन्त्रण लिएको छ । मन्त्रीको गाडी समेत युवाले जलाएका छन् ।

युवाहरुको आन्दोलन चलिरहेको बेला पार्टी कार्यालय जान हिँडेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकास ज्वालाको गाडीमा विद्यार्थीले आगजनी गरेका हुन । मन्त्री र २ जना सुरक्षाकर्मीलाई गाडीबाट निकालेर उनीहरुले गाडीमा आगो लगाएका थिए । इपीएस कार्यालयको निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए ।

अदालतले सिप बिल्डिङमा फेल भएकालाई उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि सहभागी गराउन आदेश दिएको थियो । तर ईपीएसले मुद्दा हाल्ने युवालाई मात्र फारम खुलाएपछि अरु युवाले आन्दोलन गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.