भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै | मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने |

कञ्चनपुर कारागारःराति सुत्न पालो कुर्नुपर्ने

कञ्चनपुर कारागारःराति सुत्न पालो कुर्नुपर्ने

कञ्चनपुर कारागारःराति सुत्न पालो कुर्नुपर्ने
कञ्चनपुर । कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । अहिले कारागारमा २२ महिला र ३८८ पुरुषलाई राखिएको छ । पछिल्लो समय बस्नका लागि समस्या भएको छ । कैदी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ ।

राति सुत्नका लागिसमेत कैदीले पालो मिलाउँदै आएका छन् । सुत्नका लागि व्यवस्था गरिएको ठाउँबाट वर्षाको पानीको भल बग्ने भएकाले कैदीले अनिदो मै रात काट्नुपर्ने अवस्था छ । कारागारभित्र रहेका भवनमा छ शौचालय र आठ बस्ने कोठा छन् । शौचालय जानका लागि लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नु पर्ने अवस्था रहेको उनीहरुको भनाइ छ ।

कैदीको सङ्ख्या अधिक हँुदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको जेलर मायाकुमारी बस्नेत थापाले जानकारी दिइन् । “कारागारको क्षमता भन्दा कैदीको सङ्ख्या अधिक भएपछि व्यवस्थापन गर्न निकै चुनौती छ” उहाँले भन्नुभयो, “सबै भवन पुराना छन् । वर्षातका बेला चुहिने गरेका छन् । चुहिने भवनभित्रै प्लाष्टिकको त्रिपाल टाँगेर कैदीलाई राख्नु परेको छ ।”

वर्षौ पहिले निर्माण भएका भवन जीर्ण भएपछि पुराना भवनको मर्मत र नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायमा पटकपटक पत्राचार गरिएको भए पनि हालसम्म सुनवाइ हुन नसकेको जेलर थापाले जानकारी दिइन् ।

“कोरोनाको सङ्क्रमण बढ्ने खतरा छ” उहाँले भन्नुभयो, “सङ्ख्या अधिक भएकै कारण स्वास्थ्यका मापदण्ड पूर्ण रुपमापालना गर्न सकिएको छैन ।” जोखिम भए पनि कैदीबन्दी कर्मचारी र सुरक्षाकर्मीमा भने अहिले सङ्क्रमण देखिएको छैन । कारागारमा लागुऔषध, महिला हिंसा, चोरी, ठगी, जबरर्जस्तीकरणी,, ज्यान मार्ने उद्योगलगायत अन्य मुद्दाका कैदीलाई राखिएको छ ।

कारागारमा सबै भन्दा बढी लागुऔषध मुद्दाका कैदी अधिक छन् । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे कारागारको अवस्था दयनीय रहेकाले सुधारका लागि कारागार व्यवस्था विभागमा पत्राचार गरिएको जानकारी दिए । “तत्कालै कारागारमा रहेका कैदीलाई व्यवस्थापन गर्नुपर्ने अवस्था छ” उहाँले भन्नुभयो, “त्यो समेत हुनसकेको छैन । सम्बन्धित ठाउँमा अवस्थाबारे जानकारी दिने हो । यसबाहेक यहाँबाट केही गर्न सकिदैन ।”

उहाँले प्रदेशको सामाजिक विकास र आन्तरिक मामिला मन्त्रालयलाई नयाँ भवनका लागि आग्रह गरिएको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.