भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कतारबाट आउने नेपालीको सूची, चार वटा जहाज आउने

कतारबाट आउने नेपालीको सूची, चार वटा जहाज आउने

३१ जेठ २०७७ शनिबार काठमाण्डौ । कतारमा रहेका नेपाली स्वदेश फर्कन चाहनेकाे सूची सार्वजनिक भएको छ । प्राथमिकतामा परेका र कम्पनीहरुले नै नेपालीको स्वदेश फिर्तीका लागि विवरण टिपाएका गरी ६ हजार ७७ जनाको विवरण दूतावासले सार्वजनिक गरेको हो ।

समस्यामा परेका ५ हजार १ सय १२ जना छन् भने ९६५ जनाको स्वदेश फिर्तीका लागि कम्पनीले नै दूतावासमा विवरण टपाएकाे छ । फर्काइदिने नेपालीको कम्पनीले नै टिकटको व्यवस्था गरिदिने र कम्पनीले टिकट नदिएमा नेपाली आफैले टिकट लिनुपर्ने जनाएकाे छ ।

समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो चरणमा ४ वटा उडान हुनेछन् । तर दूतावासले अहिले सार्वजनिक गरेको सूचीअनुसार पहिलो चरणमा सबै नेपाली फर्कन पाउने छैनन् । दूतावासले पहिलो चरणमा प्राथमिकतामा परेका नेपालीको सूची फेरि सार्वजनिक गर्ने या व्यक्तिगत रुपमै सम्पर्क गरेर जानकारी गराउने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.