भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

सरिता गिरीलाई कारवाही गर्न जसपा संसदीय दलको बैठक बस्दै

सरिता गिरीलाई कारवाही गर्न जसपा संसदीय दलको बैठक बस्दै

३१ जेठ २०७७ काठमाडौं । पार्टीको निर्णयलाई अवज्ञा गर्दै संविधान संसोधन विधेयकविरुद्ध सरिता गिरी गराएपछि जनता समाजवादी पार्टीकी नेतृ गिरीलाई कारवाही गर्नु संसदीय दलको बैठक बस्न लागेको छ । जनता समाजवादीका एक नेताका अनुसार गिरीले पार्टीभित्र छलफल नै नगरी आफूखुसी राष्ट्रिय मुद्दा बनेको सरकारी विधेयकविरुद्ध संशोधन हालेपछि फिर्ता लिन भन्दा भन्दै नमानेपछि उनलाई कारबाही गर्न लागिएको हो ।

उनी आफूले हालेको संशोधनको सूचना फिर्ता लिने पक्षमा आएपछि भने कारबाही हुनबाट जोगिने छन् । तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादीकी नेतृ गिरी आफ्नो गल्ती सच्याउन तयार नभएको बताइएएको छ । तरपार्टी पदाधिकारी बैठकले संविधान संशोधन विद्येयकको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरिसकेको छ ।

‘संविधान संशोधन विधेयकमा आज मतदान हुदैछ । सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर जारी गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनूसुचीमा राख्‍नका लागि पेश गरेको संशोधन विधेयक प्रतिनीधिसभाबाट आज पारित गरिदै छ ।

 


Thali Mobile Pvt.Ltd.