भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

सरिता गिरीलाई कारवाही गर्न जसपा संसदीय दलको बैठक बस्दै

सरिता गिरीलाई कारवाही गर्न जसपा संसदीय दलको बैठक बस्दै

३१ जेठ २०७७ काठमाडौं । पार्टीको निर्णयलाई अवज्ञा गर्दै संविधान संसोधन विधेयकविरुद्ध सरिता गिरी गराएपछि जनता समाजवादी पार्टीकी नेतृ गिरीलाई कारवाही गर्नु संसदीय दलको बैठक बस्न लागेको छ । जनता समाजवादीका एक नेताका अनुसार गिरीले पार्टीभित्र छलफल नै नगरी आफूखुसी राष्ट्रिय मुद्दा बनेको सरकारी विधेयकविरुद्ध संशोधन हालेपछि फिर्ता लिन भन्दा भन्दै नमानेपछि उनलाई कारबाही गर्न लागिएको हो ।

उनी आफूले हालेको संशोधनको सूचना फिर्ता लिने पक्षमा आएपछि भने कारबाही हुनबाट जोगिने छन् । तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादीकी नेतृ गिरी आफ्नो गल्ती सच्याउन तयार नभएको बताइएएको छ । तरपार्टी पदाधिकारी बैठकले संविधान संशोधन विद्येयकको पक्षमा मतदान गर्ने औपचारिक निर्णय गरिसकेको छ ।

‘संविधान संशोधन विधेयकमा आज मतदान हुदैछ । सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर जारी गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनूसुचीमा राख्‍नका लागि पेश गरेको संशोधन विधेयक प्रतिनीधिसभाबाट आज पारित गरिदै छ ।

 


Thali Mobile Pvt.Ltd.