भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

कति छन् मतदाता ?

कति छन् मतदाता ?

काठमाडौं । यो पटक साढे २५ लाखभन्दा बढी मतदाता थपिएका छन् । आगामी निर्वाचनमा २५ लाख ६० हजार ८ सय ३९ मतदाता थपिएको निर्वाचन आयोगको तथ्यांक छ । १३ लाख ६४ हजार १७८ पुरुष थपिँदा ११ लाख ९६ हजार ४३६ महिला तथा नौ जना यौनिक तथा लैंगिक अल्पसंख्यक मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता सहभागी हुने आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले बताए । जसमा ९१ लाख ४० हजार ८०६ जना पुरुष छन् भने ८८ लाख ४७ हजार ५७९ जना महिला र १८५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक मतदाता छन् ।

२०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता थिए । जसमा ७७ लाख ७६ हजार ६२८ पुरुष, ७६ लाख ५१ हजार १४३ महिला र १६७ जना यौनिक तथा लैंगिक अल्पसंख्यक मतदाता थिए ।

मधेसमा मतदाता
आसन्न निर्वाचनमा सबैभन्दा धेरै मतदाता मधेस प्रदेशमा थपिएका छन् । यहाँ ६ लाख १९ हजार २५९ जना मतदाता थपिएका छन् । दोस्रोमा लुम्बिनीमा ५ लाख ८ हजार ७१२ मतदाता थपिएका छन् । सबैभन्दा कम मतदाता कर्णालीमा १ लाख ६१ हजार ४ सय ७० मात्रै थपिएका छन् ।

सुदूरपश्चिममा २ लाख २२ हजार ३ सय ३३ मतदाता थपिएको आयोगले जनाएको छ । यस्तै मोरङमा जिल्लागत सबैभन्दा धेरै मतदाता बढेका छन् । ९० हजार ७४३ मतदाता थपिएका छन् । सबैभन्दा कम मतदाता मनाङमा थप भएका छन् । यहाँ जम्मा ८९८ मात्रै मतदाता थपिएको आयोगले जनाएको छ ।

यस्तै झापामा ७८ हजार १४५ जना मतदाता थपिँदा मुस्ताङमा एक हजार ५३० मतदातामात्रै बढेका छन् । निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन नहुने कानूनी व्यवस्था छ । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भइसकेको छ ।

७ प्रदेशका ७७ वटै जिल्लाका प्रतिनिधिसभातर्फको १६५ र प्रदेशसभातर्फको ३३० निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसमेत तोकिसकिएको छ ।

 


Thali Mobile Pvt.Ltd.