भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

कमजोर मनसुनी वर्षाः धान रोपाइँमा प्रतिकूल असर

कमजोर मनसुनी वर्षाः धान रोपाइँमा प्रतिकूल असर

सुदूरपश्चिम, । सुदूरपश्चिम पश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा सक्रिय हुन नसक्दा भएको पानीको अभावमा रोपिएको धानबाली प्रभावित हुन थालेको छ । बोरिङको पानी तानेर असार पहिलो हप्तासम्म गरिएको धान रोपाइँको खेतमा पर्याप्त पानीको अभावमा देखिएको खडेरीले प्रतिकूल असर पुग्न थालेको किसानले बताएका छन् । “बोरिङ पम्पिङ सेटबाट पानी तानेर असार पहिलो हप्तामै धान रोपाइँ गरियो”, धनगढीका किसान जङ्गबहादुर चौधरीले भन्नुभयो, “चाहिने जति वर्षा नहुँदा देखिएको खडेरीले रोपेको धान सुकेर जाने चिन्ता लागेको छ ।”

असार महिना सकिन लाग्दासम्म पनि सुदूरपश्चिम प्रदेशमा मनसुन पूर्णरुपमा सक्रिय हुन सकिरहेको छैन । भरपर्दो सिँचाइ सुविधाको अभावमा आकाशको पानीको भरमा धान रोपाइँ गर्ने गरेका कतिपय किसानले अझैसम्म धान रोप्न पाएका छैनन् । गएको जेठ २२ गते पूर्वी नेपालबाट भित्रिएको मनसुन जेठ २९ गते मात्र सुदूरपश्चिममा पुगेको थियो । जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयको तथ्याङ्कअनुसार मनसुन भित्रिएको गएको जेठ २९ गतेदेखि आज असार २४ सम्ममा अत्तरियासहितको आसपासको क्षेत्रमा १७९ दशमलव नौ मिलिमिटर मात्र वर्षाको मापन भएको छ ।

गत वर्षको यसै अवधिमा ३७५ दशमलव ६८ मिलिमिटर वर्षा मापन भएको थियो । यस वर्ष यही असार १४ गते सबैभन्दा बढी ४१ दशमलव नौ मिलिमिटर वर्षाको मापन भएको थियो । कार्यालयका मौसम विज्ञान सहायक सिङ्गल चौधरीले भन्नुभयो, “यसपालि अहिलेसम्म मनसुन पूर्णरुपमा सक्रिय हुन सकिरहेको छैन, जलवायु परिवर्तनको असरको कारण यस्तो भएको हुनसक्छ ।” रोपाइँ गरिएको खेतमा पर्याप्त पानी नभएमा झारपात उम्रिने, र रोग किराको समस्या देखिन सक्ने कृषि प्राविधिकले बताएका छन् । यो प्रदेशमा सबैभन्दा बढी कैलाली जिल्लामा ७१ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४७ हजार ५०० हेक्टर जग्गामा धान रोपाइँ हुने गरेको छ ।

पहाडी क्षेत्रका बाँकी सात जिल्लामा ६२ हजार ४०४ हेक्टरमा रोपाइँ हुन्छ । बर्सेनि मौसममा जलवायु भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भएमा पनि बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको सङ्क्रमणको समस्याका साथै मित्रजीवभन्दा शत्रुजीवको समस्या बढ्न थालेको बताइन्छ । वर्षायाममा पर्याप्त वर्षा हुन नसकेमा त्यसको असर हिउँदे बालीमा समेत पर्ने कृषि प्राविधिकको भनाइ छ । वर्षायाममा पर्याप्त वर्षा नहुँदा जग्गामा रिचार्ज पानी सञ्चित को अवस्था पनि कमजोर भई यसको असर हिउँदे बालीलाई पनि पर्नसक्ने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.