भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कमसल सामाग्रीको प्रयोग र पहिरोले क्षतविक्षत मध्यपहाडी लोकमार्ग

कमसल सामाग्रीको प्रयोग र पहिरोले क्षतविक्षत मध्यपहाडी लोकमार्ग

काठमाडौं । मध्यपहाडी लोकमार्ग अन्तर्गतको घोडाबाँधे–गलकोट खण्ड क्षतबिक्षत बनेको छ । बागलुङ सदरमुकामदेखि काठेखोला, बडिगाड, ढोरपाटन हुँदै निसीखोलासम्म पर्ने मध्यपहाडी लोकमार्गको अधिकांश भाग क्षतविक्षत बनेको हो ।

ठेकेदार कम्पनीले कमसल सामाग्रीको प्रयोग र बाढी, पहिरोको कारण सडकको बीच भागमा ठूला खाल्डाखुल्डी परेका छन् भने भलले सडक चिरिएर दुर्घटनाको जोखिम बढाएको छ । बडिगाड–बुर्तिबाङसम्मको खण्ड २०७२ सालमा कालोपत्रे सम्पन्न गरिएको थियो ।

कालोपत्रे गरिएका ति खण्डका अधिकाँस भाग भलले उप्काईदिएको छ । त्यसबाट करोडौं रुपैयाँको क्षति पुगेको छ । निर्माण कम्पनी स्वच्छन्द–शंकर जेभी सम्पर्क बिहीन हुँदा सडक अस्तव्यस्त बनेको मध्यपहाडी लोकमार्गको कार्यालय पर्वतले जनाएको छ ।

क्षतविक्षत बनेको सडकमा यात्रा गर्दा निकै जोखिम बढेको गाडी चालक रमन कँडेलले बताए । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पर्ने १४२ किलोमिटर मध्ये करिब १२० किलोमिटर सडक कालोपत्रे गरिए भइसकेको छ । तर अधिकांश सडक खण्डमा नाली पुरिएकोले भल सडकको बीच भाग बाट बग्ने गर्दछ ।

 


Thali Mobile Pvt.Ltd.