भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

कमसल सामाग्रीको प्रयोग र पहिरोले क्षतविक्षत मध्यपहाडी लोकमार्ग

कमसल सामाग्रीको प्रयोग र पहिरोले क्षतविक्षत मध्यपहाडी लोकमार्ग

काठमाडौं । मध्यपहाडी लोकमार्ग अन्तर्गतको घोडाबाँधे–गलकोट खण्ड क्षतबिक्षत बनेको छ । बागलुङ सदरमुकामदेखि काठेखोला, बडिगाड, ढोरपाटन हुँदै निसीखोलासम्म पर्ने मध्यपहाडी लोकमार्गको अधिकांश भाग क्षतविक्षत बनेको हो ।

ठेकेदार कम्पनीले कमसल सामाग्रीको प्रयोग र बाढी, पहिरोको कारण सडकको बीच भागमा ठूला खाल्डाखुल्डी परेका छन् भने भलले सडक चिरिएर दुर्घटनाको जोखिम बढाएको छ । बडिगाड–बुर्तिबाङसम्मको खण्ड २०७२ सालमा कालोपत्रे सम्पन्न गरिएको थियो ।

कालोपत्रे गरिएका ति खण्डका अधिकाँस भाग भलले उप्काईदिएको छ । त्यसबाट करोडौं रुपैयाँको क्षति पुगेको छ । निर्माण कम्पनी स्वच्छन्द–शंकर जेभी सम्पर्क बिहीन हुँदा सडक अस्तव्यस्त बनेको मध्यपहाडी लोकमार्गको कार्यालय पर्वतले जनाएको छ ।

क्षतविक्षत बनेको सडकमा यात्रा गर्दा निकै जोखिम बढेको गाडी चालक रमन कँडेलले बताए । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पर्ने १४२ किलोमिटर मध्ये करिब १२० किलोमिटर सडक कालोपत्रे गरिए भइसकेको छ । तर अधिकांश सडक खण्डमा नाली पुरिएकोले भल सडकको बीच भाग बाट बग्ने गर्दछ ।

 


Thali Mobile Pvt.Ltd.