भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

करारलाई स्वत स्थायी गर्ने त्रिविको निर्णयप्रति आपत्ति

करारलाई स्वत स्थायी गर्ने त्रिविको निर्णयप्रति आपत्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले करारमा रहेको जनशक्तिलाई स्वतः स्थायी गर्ने निर्णयप्रति त्रिविका पूर्व पाँच जना उपकुलपतिले आपत्ति जनाएका छन् । विज्ञप्ति जारी गर्दै उनीहरुले त्रिवि सभाको निर्णय दूर्भाग्यपूर्ण र घातक रहेको बताएका छन ।

अर्को सभा वैठक डाकेर तुरुन्त बदर गर्न माग गर्दै उनीहरुले दबाबबाट अनुचित निर्णय गर्नु कुनै पनि हालतमा राम्रो नहुने बताएका छन् । विज्ञप्ति जारी गर्ने पूर्व उपकुलपतिहरुमा केदारभक्त माथेमा, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी, हीराबहादुर महर्जन र नविनप्रकाशजङ्ग शाह रहेका छन् ।

त्रिवि सभाको बैठकले केही दिनअघि १० वर्षदेखि करारमा हेका ४८० जना कर्मचारी र अध्यापकलाई आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गर्ने निर्णय गरेको थियो ।

उक्त निणर्यले गुणस्तरीय शिक्षा उपहासको विषय बनेको र योग्य व्यक्तिको प्रतियोगितामा सामेल हने मौलिक अधिकारहनन भएकोसमेत पूर्व उपकुलपतिहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.