भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पूर्व उपकुलपतिहरुको आपत्ति

पूर्व उपकुलपतिहरुको आपत्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्व पाँच जना उपकुलपतिले आपत्ति जनाएका छन् । त्रिभुवन विश्वविद्यालयले करारमा रहेको जनशक्तिलाई स्वतः स्थायी गर्ने निर्णय गरेकोप्रति उनीहरुले आपत्ति जनाएका हुन । उनीहरुले विज्ञप्ति जारी गर्दै त्रिवि सभाको निर्णय दूर्भाग्यपूर्ण र घातक रहेको बताउदै अर्को सभा वैठक डाकेर बदर गर्न पनि माग समेत गरेका छन् ।

त्रिवि सभाको बैठकले केही दिनअघि १० वर्षदेखि करारमा हेका ४८० जना कर्मचारी र अध्यापकलाई आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गर्ने निर्णय गरेको थियो । दबाबबाट अनुचित निर्णय गर्नु कुनै पनि हालतमा राम्रो नहुने भन्दै पूर्व उपकुलपतिहरुले त्यसबाट गुणस्तरीय शिक्षा उपहासको विषय बनेको र योग्य व्यक्तिको प्रतियोगितामा सामेल हने मौलिक अधिकार पनि हनन भएको बताएका छन् । विज्ञप्ति जारी गर्ने पूर्व उपकुलपतिहरुमा केदारभक्त माथेमा, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी, हीराबहादुर महर्जन र नविनप्रकाशजङ्ग शाह रहेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.